बालेनलाई सिर्जनाको शुभकामना– रचनात्मक सहयोग र साथ दिने छु

Read Time = 4 mins

काठमाडौं । काठमाडौं महानगरपालिकामा सत्ता गठबन्धनतर्फकी मेयर उम्मेदवार कांग्रेसकी नेतृ सिर्जना सिंहले आफू पराजित भएपछि निर्वाचित जनप्रतिनिधिहरूलाई बधाई दिनुभएको छ ।

उहाँले सामाजिक सञ्जालमार्फत मेयर, उपमेयरलगायत निर्वाचित जनप्रतिनिधिको सफल कार्यकालको शुभकामनासमेत दिनुभएको हो ।

निर्वाचन अधिकृत कार्यालयले मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह र उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल निर्वाचित भएको औपचारिक घोषणा गरेपछि सिंहले बधाई दिनुभएको हो ।

काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार साह ६१ हजार ७६७ मतसहित मेयर निर्वाचित हुनुभएको छ । कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत मात्रै ल्याउनु भएको थियो ।

उहाँले लेख्नुभएको छ,‘ आभार, सम्मान र बधाई

बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसको उम्मेदवारका रूपमा मलाई नगरवासिले दिनुभएको अपार माया, हौसला र समर्थनप्रती म हृदयदेखि आभार प्रकट गर्दछु । विजयी हुने गरि निस्चयनै मत जित्न सकिन तर नगरवासी आमाबुबा, दिदिबहिनी, दाजुभाइको मन जित्न सकें । अत लोकतान्त्रिक अभ्यासको यो परिणामलाई म हार्दिकतापुर्वक स्वीकार र आत्मसात गर्दछु ।

काठमाडौ महानगर प्रमुखमा निर्वाचित श्री बालेन्द्र साहलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछु । साथै उपप्रमुख, वडाध्यक्ष र सदस्यमा निर्वाचित सबै आदरणीय व्यक्तित्वमा बधाई ज्ञापन गर्दै महानगरवासिको भावना बमोजिम कार्य गर्न पुर्ण कार्यकाल भरी मेरो रचनात्मक सहयोग र साथ रहने प्रतिबद्धता समेत व्यक्त गर्दछु ।

निर्वाचनमा अहोरात्र खट्नु हुने पार्टीका आदरणीय साथीहरू, शुभेक्छुकहरू, संचारमाध्यमबाट निरन्तर समाचार सम्प्रेषण गर्ने पत्रकार मित्रहरू, सामाजिक संजालबाट निरन्तर हौसला दिने युवा साथीहरू एवं निर्वाचन सम्पन्न गराउने राष्ट्र सेवक कर्मचारी, सुरक्षाकर्मी, निर्वाचनका पर्यवेक्षक लगायत सम्पूर्णमा म हृदयदेखि हार्दिक धन्यवाद ज्ञापन गर्दछु।

मेरो प्रेरणाको श्रोत ससुराबुवा सर्वोच्च नेता गणेशमान सिंह एवं सासुआमा महिला नेतृ मंगलादेवी सिंहको आदर्श अनुरुप सदैब एक निस्ठावान सिपाहीका रुपमा लोकतन्त्र, नेपाली कांग्रेस पार्टी, काठमाडौ महानगरवासी अनि सिंगो देशको सेवामा अनवरत उत्साहपुर्वम लागिरहने संकल्पपनि यो घडिमा व्यक्त गर्न चाहन्छु । जय नेपाल ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?