काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदको अवरोधका कारण स्थगित भएको प्रतिनिधिसभाको आजको बैठक २ बजे बस्ने भनिए पनि हालसम्म पुनः सुरु हुन सकेको छैन ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले दिनुभएको अभिव्यक्तिमाथि प्रश्न उठाउँदै नेकपा एमालेका सांसदले आपत्ति जनाउनुभएको थियो । बिहीबार एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले कमिसनका लागि नेपाल आयल निगम वर्तमान सरकारले निजीकरण गर्न लागेको आरोप लगाउनुभएको थियो । सो आरोपको प्रतिवाद गर्दै मन्त्री बडूले आधारहीन टिप्पणी नगर्न तथा भ्रमपूर्ण अभिव्यक्ति दिएर प्रमुख प्रतिपक्षी दलको नेताको गरिमा कायम नहुने बताउनुभएको थियो ।
मन्त्री बडूले पूर्व प्रधानमन्त्री ओलीलाई आफूले बोलेको कुरा प्रमाणित गर्न चुनौती दिनुभएपछि एमाले सांसदले आपत्ति जनाएका थिए । आरोप प्रत्यारोप चल्न थालेपछि सभामुख सापकोटाले प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गर्नुभएको थियो । सो समयभित्र बैठक पुनः सञ्चालन हुन नसकेपछि सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले सूचना प्रकाशित गरी बैठक २ बजेसम्मका लागि स्थगित भएको जानकारी गराउनुभएको थियो तर, हालसम्म पनि बैठक भने सञ्चालन हुन सकेको छैन ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :