हारको कुण्ठा कांग्रेसलाई नपोख्न ओलीलाई मिनेन्द्रको आग्रह

Read Time = 1 min
A A- A+

काठमाडौं । नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले एमाले अध्यक्ष केपी ओलीलाई पराजयको कुण्ठा कांग्रेसलाई नपोख्न आग्रह गर्नुभएको छ ।

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा भइरहेको छलफलमा सहभागी हुँदा उहाँले एमाले अध्यक्ष ओलीलाई स्थानीय तह निर्वाचनमा भएको पराजयको कुण्ठा कांग्रेसमाथि नपोख्न आग्रह गर्नुभएको हो ।

आफ्नै पार्टी जोगाउन नसकेर स्थानीय तहमा एमाले पराजित भएको भन्दै उहाँले गठबन्धनको सहारामा नभएर कांग्रेसले आफ्नै जनाधारले निर्वाचित भएको बताउनु भयो ।

कांग्रेसको भन्दा एमालेले कहिल्यै पनि धेरै प्रतिशत मत नल्याएको भन्दै रिजालले आगामी निर्वाचनको तयारी गर्न ओलीसहित एमालेलाई आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?