रञ्जनालाई तेक्वान्दोमा कास्य

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपालकी रञ्जना धामीले चीनको हाङझावमा हुने पारा एसियाली खेलकुदका लागि भएको तेक्वान्दो छनोट प्रतियोगितामा कास्य पदक जित्नुभएको छ ।
युएइको सारजाहमा भएको के-४४ क्याटगोरीअन्तर्गत महिला ४७ केजीमुनि सेमिफाइनलमा काजाकिस्तानकी मिलानाले रञ्जनालाई १८-१६ ले पराजित गर्नुभयो ।

शीर्ष दुई स्थानमा रहने खेलाडीमात्र एसियाली पारा खेलकुदका लागि छनोट हुने प्रावधान रहेकाले रञ्जना छनोट भने नभएको प्रशिक्षक कविराज नेगी लामाले जनाउनुभएको छ ।

अर्का खेलाडी रामबहादुर अधिकारी पहिलो चरणमै पराजित हुनुभयो । के-४४ क्याटगोरीको पुरुष ५८ केजीमुनि रामबहादुर इराकका अब्बास हुसैनसँग ३३-३७ ले चुक्नुभयो । पारा ओलम्पियन पलेशा गोबर्धन र सिर्जना घिसिङ भने विश्व वरीयताका आधारमा यसअघि नै पारा एसियाली खेलकुदका लागि छनोट भइसकेको प्रशिक्षक लामाले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?