‘घरकी रानी…’ भन्दै मनोज

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

काठमाडौं । मनोज ताम्राकार ‘एमटिआर’ को स्वरमा रहेको गीत ‘घरकी रानी…’ सार्वजनिक भएको छ । मनोजकै शब्द एवं संगीत, ओम सुनारको एरेन्ज र साजन शाहको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

ए प्लस स्टुडियोमा रेकर्डिङ गरिएको गीतको भिडियोमा निशान एसकेको निर्देशन छ । दिपक गिरीको छायाँकन र प्रकाश एसको सम्पादन तथा कलर रहेको गीतको भिडियोमा रेश बिसी, सञ्जु थलाङलाई फिचरिङ गरिएको छ । युवा पुस्तालाई लक्षित गरिएको गीतको भिडियो एमएमएस इन्टरटेनमेन्टमार्फत् सार्वजनिक गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?