विराटनगर । उद्योग संगठन मोरङले नेपाल अतिकम विकसित मुलुकको श्रेणीबाट स्तरोन्नति हुँदा औद्योगिक क्षेत्रमा पर्ने प्रभावका सम्बन्धमा छलफलको आयोजना गरेको छ । उद्योग संगठन मोरङद्वारा स्व. महेन्द्र औद्योगिक अध्ययन केन्द्र, इन्डस्ट्रियल एकेडेमीमा आयोजित कार्यक्रममा संगठनका उपाध्यक्ष भोलेश्वर दुलालले अतिकम विकसितबाट विकासोन्मुखमा स्तरोन्नति हुँदा आर्थिक एवं औद्योगिक क्षेत्रमा पर्ने सकारात्मक र नकारात्मक प्रभावबारे विश्लेषण गरी सोहीअनुरूपको पूर्वतयारीका लागि सरकार र निजी क्षेत्रले हातेमालो गर्नुपर्ने बताउनुभयो ।
स्तरोन्नतिबाट नेपालका उद्योगमा पर्ने प्रभाव, भन्सारदरमा हुनसक्ने परिवर्तन, वस्तु उत्पादनका क्रममा पालना गर्नुपर्ने शर्त, विनिमय प्रणालीलगायतका पक्षको सूक्ष्म अध्ययन गरी निजी क्षेत्रको प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्न नीति निर्माण तहको ध्यानाकर्षण गराइएको छ ।
प्रमुख वक्ता साउथ एसिया वाच अन ट्रेड इकोनोमिक्स एन्ड इनभाइरोमेन्ट (सावती) का अनुसन्धान निर्देशक डा. पारस खरेलले नेपाल अतिकम विकसितबाट विकासोन्मुखमा स्तरोन्नति हुँदा युरोप, अमेरिकालगायतका विकसित राष्ट्रबाट हाल प्राप्त सुविधा, भन्सार सहुलियत जस्ता निश्चित कुरामा उल्लेखनीय प्रभाव नपरे पनि केही मात्रामा पर्ने बताउनुभयो । उहाँले कुल गार्हस्थ्य उत्पादनमा उत्पादनमूलक उद्योगको योगदान घटिरहेको अवस्थामा नेपाल विकासोन्मुखमा स्तरोन्नति हुँदा वस्तु उत्पत्तिको सिद्धान्तअनुरूप दोहोरो रूपान्तरणको शर्त पालना गर्नुपर्ने जानकारी गराउँदै कपडाबाट गार्मेन्ट नभई धागोबाट कपडा र कपडाबाट गार्मेन्ट बनाउनुपर्ने बताउनुभयो ।
निर्देशक खरेलले नेपालबाट भारतलगायतका सार्क राष्ट्रसँग भएको द्विपक्षीय र बहुपक्षीय सन्धिसम्झौतामा खासै प्रभाव नपरे पनि हाल नेपाली उत्पादनलाई दिँदै आएको सहुलियतको सुविधा भने हट्ने भएकाले व्याकवर्ड लिंकेजतर्फ काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । जसबाट निजी क्षेत्रलाई आइपर्ने चुनौती सामना गर्न आन्तरिक तयारी गर्दै आर्थिक कूटनीतिको माध्यमबाट उत्पत्तिको नियममा नेपाललाई सहुलियत दिन पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
स्व. महेन्द्र गोल्छा औद्योगिक अध्ययन केन्द्रका सहसंयोेजक प्राध्यापक डा. विजु थपलियाले नेपालको स्तरोन्नतिलाई चुनौती र अवसरका रूपमा लिई आन्तरिक उत्पादनलाई प्रतिस्पर्धी बनाउन निजी क्षेत्र र सरकार गृहकार्यमा लाग्नुपर्ने बताउनुभएको उद्योग संगठन मोरङले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच