काठमाडौं । नेपाल हस्तकला महासंघले आर्थिक आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रमको स्वागत गरेको छ । महासंघले हस्तकला क्षेत्रको समग्र विकासका लागि कार्यक्रमसहित बजेट विनियोजन हुने अपेक्षा गर्दै नीति तथा कार्यक्रमको स्वागत गरेको हो । उसले नीति तथा कार्यक्रममा उल्लेखित रोजगारमूलक, सीप विकास, सीप अभिवृद्धि र प्रविधि हस्तान्तरणसम्बन्धी तालिम सञ्चालनको जिम्मेवारी महासंघलाई प्रदान गरिएमा परिणाममुखी प्रतिफल प्राप्त हुने गरी कार्यसम्पादन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।
तर, हस्तकला क्षेत्रको दिगो र दीर्घकालीन विकासका लागि कोशेढुंगा साबित हुने हस्तकलाग्राम स्थापना, महासंघले मस्यौदा गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा प्रस्तुत गरेको राष्ट्रिय हस्तकला विकास नीतिको कार्यान्वयन र सार्वजनिक निजी साझेदारी अवधारणाअनुसार स्थापना भई सञ्चालन गरिने सार्क हस्तकला विकास केन्द्रको भवन निर्माण पूरा भइसक्दा पनि उक्त केन्द्रको सञ्चालन सम्बन्धमा नीति तथा कार्यक्रम मौन रहेको भन्दै महासंघले गुनासो गरेको छ ।
नीति तथा कार्यक्रममा उल्लेखित आर्थिक विकास र गरिबी निवारणका लागि सहकारी क्षेत्रलाई उद्यमशीलता, उत्पादन र रोजगारीसँग आबद्ध गरिने, निजी क्षेत्रलाई उत्पादनमूलक उद्योग स्थापना र सञ्चालन गर्न प्रोत्साहित गरिने तथा उद्योगको अग्रपृष्ठ र समानान्तर सम्बन्ध भएका क्षेत्रमा थप आयआर्जन र रोजगारीका अवसर वृद्धि गरिने, साना तथा मझौला उद्योगमा नवप्रवर्तन सीपमूलक रोजगारी वृद्धि, नेपाली उत्पादनको विस्तार, आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन गरी समुन्नत अर्थतन्त्रको विकास, नेपाली उद्योग नेपालमै रोजगार आफ्नो उत्पादन आफ्नै व्यापार भन्ने नारासाथ नेपाली उत्पादन तथा उपयोग अभिवृद्धि अभियान दशक प्रारम्भ गरिनेलागायत कार्यक्रम स्वागतयोग्य रहेको महासंघले जनाएको छ ।
त्यस्तै उल्लेखित कार्यक्रमका लागि कर तथा भन्सार महसुलमा छुट र निर्यात अनुदानमार्फत् समयबद्ध रणनीतिक प्रवद्र्धनका साथै प्रतिस्पर्धी सीप विकास, व्यावसायिक सहजीकरण, साझा भौतिक पूर्वाधार निर्माण र प्रयोग, नवीन प्रविधिमा पहुँच र आन्तरिकीकरण तथा प्रक्रियागत सरलीकरणलाई अविच्छिन्नरूपमा निरन्तरता दिइने, स्वदेशी उत्पादन प्रवद्र्धन र विस्तार गर्न निजी क्षेत्रबाट सञ्चालित मेक इन नेपाल र मेड इन नेपाल अभियानलाई सहयोग गरिने, सार्वजनिक निकायको खरिदमा स्वदेशी वस्तुको हिस्सा बढाउँदै लगिने, गुणस्तर तथा क्यालिव्रेसन प्रयोगशालाको आधुनिकीकरण र स्तरोन्नति गरी निर्यात गुणस्तरको अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्न पहल गरिने, नवप्रवर्तनमा आधारित स्टार्टअप व्यवसाय स्थापना र सञ्चालनमा सहजीकरण गरिने विषय पनि स्वागतयोग्य रहेको बताइएको छ ।
उद्यमशीलता निकास, बौद्धिक सम्पत्ति अधिकार संरक्षण, नवप्रवर्तन, सिर्जनशील प्रविधि विकास, वित्तीय पहुँच परम्परागत ज्ञान र सीपको आधुनिकीकरणमार्फत् युवा उद्यमीलाई स्वदेशमा उद्यम गर्न आकर्षित गरिने, उत्पादनमूलक र निर्यातमूलक उद्योगको उत्पादन लागत घटाई निर्यात प्रवद्र्धन गरिने, त्यस्ता उद्योगलाई औसत बाहृय ऊर्जा व्यापार दरभन्दा बढी नहुने गरी विद्युत् महसुलमा सहुलियत उपलब्ध गराइने, परम्परागत ज्ञान तथा मौलिक सीपमा आधारित लघु तथा घरेलु उद्योगलाई प्रविधि हस्तान्तरण तथा बजार संरक्षणमार्फत् प्रवद्र्धन गरिने, लघु, घरेलु तथा साना उद्योगका लागि उद्यमशीलता विकास, वित्तीय पहुँच उत्पादनको बजारीकरण र निर्यात सहजीकरणको प्याकेज तयार गरी कार्यान्वयन गरिने, निर्यात विस्तारका लागि निजी क्षेत्रसँगको साझेदारीमा प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिने, मूर्त र अर्मूत सांस्कृतिक सम्पदा संरक्षण र सम्वद्र्धन गरी सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने नीति लिइने, सीप विकास तालिमलाई रोजगारी र उद्यमशीलतासँग आबद्ध गरिने, नेपालको समग्र विकासमा सहयोग पु¥याउने गरी आर्थिक कूटनीति परिचालन गर्ने नीति लिइने विषय पनि नीति तथा कार्यक्रममा समेटिनु स्वागतयोग्य रहेको महासंघका अध्यक्ष प्रचण्ड शाक्यले बताउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच