काठमाडौं । ओपो रिसर्च इन्स्टिच्युटले चार लाख ६० हजार डलरको कुल अनुदानमा समावेशी र स्वास्थ्यसम्बन्धी नवीन प्रस्ताव आहृवान गरेको छ । जसमार्फत् विश्वभरका प्रविधि व्यवसायी तथा उद्यमीलाई सशक्त तथा थप ऊर्जा प्रदान गरी सुदृढ जीवन तथा भविष्यका लागि नवीनतम सिर्जना तथा समाधान निस्कने कम्पनीको अपेक्षा छ ।
कम्पनीले इनोभेसन एक्सेलेटरका लागि ओपो रिसर्च इन्स्टिच्युट माइक्रोसफट फोर स्टार्टअपका रूपमा सहकार्य गर्नेछ । कार्यक्रममार्फत् सबै प्रविधि व्यवसायीलाई अनिश्चितताको समयमा पनि मानवले सामना गर्ने केही महत्वपूर्ण समस्या समाधान गर्न प्रोत्साहित गर्ने लक्ष्य लिएको छ ।
‘भर्टुअस इनोभेसन’ को विषयवस्तुमा केन्द्रित ओपोले पहुँचयोग्य प्रविधि र डिजिटल हेल्थ गरी दुईवटा प्रस्तावको आहृवान गरेको छ । सहभागी टोली वा व्यक्तिद्वारा पेश गरिएका प्रस्ताव मूल्यांकनपछि १० वटासम्म प्रस्तावलाई प्रतिप्रस्ताव ४६ हजार डलर अनुदान प्रदान गरिनुका साथै लगानीका अवसर, प्राविधिक सहयोग, अनुसन्धान, व्यावसायिक साझेदारी र विश्वव्यापीरूपमा प्रस्तुतिका लागि थप अवसर प्रदान गरिने कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच