जेठ २६ गतेबाट कोरियन भाषाको परीक्षा सुरु हुने

Read Time = 2 mins

काठमाडौं । दुई बर्षदेखि स्थगित भएको कोरियन भाषाको परीक्षा सञ्चालन हुने भएको छ ।

कोरोना र स्थानीय तहको निर्वाचन कारण स्थगित भएको कोरियन भाषाको परीक्षा जेठ २६ गतेबाट सुचारु गर्न लागिएको हो । वैशाख २६ गते सञ्चालन हुने गरी यस अघि मिति तोकिएको भएपनि स्थानीय तह निर्वाचनका कारण स्थगित भएको परीक्षा तीन सिफ्टमा सञ्चालन गर्न लागिएको हो ।

बैदेशिक रोजगार बिभाग अन्तर्गतको रोजगारी अनुमति प्रणाली शाखाका अनुसार दैनिक ६ सय परिक्षार्थीलाई परीक्षा दिन मिल्ने गरी विभागले तयारी गरिरहेको छ ।

कोरियन भाषा परीक्षामा उर्तिणहरु मध्ये ६ हजार ९९३ उत्पादनमुलक क्षेत्रमा र दुई हजार ७४१ गरी नौ हजार ५१३ नेपालीहरुलाई यसै बर्ष दक्षिण कोरिया पठाउने गरी परिक्षा लिन लागिएको हो । वैदेशिक रोजगारका लागि आकर्षक मानिएको दक्षिण कोरियामा जानका लागि ४३ हजार भन्दा बढीले आवेदन दिएको विभागले जनाएको छ ।

हालसम्म ७७ हजार नेपालीले कोरियामा रोजगार प्राप्त गरिसकेका छन भने पछिल्ला दुई बर्षमा कोरोना संक्रमणका कारण परीक्षा हुन नसके पनि सन २०२२ मा भने नेपालीलाई लान कोरिया मञ्जुर देखिए पछि परीक्षा सुरु गर्न लागिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?