अमेरिकी विदेशमन्त्रीको अभिव्यक्तिमा चीनको खण्डन

Read Time = 1 min

बेइझिङ । सुरक्षा दृष्टिकोणलाई लिएर अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनको अभिव्यक्तिलाई लिएर चीनले खण्डन गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले अमेरिकी विदेशमन्त्री ब्लिंकनले चीनको आन्तरिक मामिलामा हस्तक्षेप र विदेश नीतिलाई बदनाम गर्न खोजेको टिप्पणी गर्नुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

बिहीवार भएको एउटा कार्यक्रममा ब्लिंकनले सुरक्षा दृष्टिकोणलाई मध्यनजर गर्दै बेइजिङको बढ्दो प्रभाव सन्तुलित गर्नुपर्ने बताउनुभएको थियो । साथै उहाँले चीनले ताइवानमाथि तनाव बढाएको आरोप पनि लगाउनुभएको थियो ।

चीनले अमेरिकी अधिकारीको वक्तव्य चीनको विकासलाई रोक्न र अमेरिकी शक्ति निरन्तर कायम राख्नमा केन्द्रित रहेको समेत जनाएको छ । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?