घरघरमै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने प्रतिबद्धता

Read Time = 2 mins

लमजुङ । मध्यनेपाल नगरपालिका वडा नम्वर १० का नवनिर्वाचित वडा अध्यक्ष रामचन्द्र भण्डारीले घरघरमै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने प्रतिवद्धता जनाउनु भएको छ । दोश्रो पटक वडा अध्यक्षमा निर्वाचित भण्डारीले पदभार ग्रहण गरेसँगै आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता घरघरमै पुराउने प्रतिवद्धता जनाउनु भएको हो ।

वडाअध्यक्ष भण्डारीले एक विज्ञप्ति जारी गर्दै सरकारले जेष्ठ नागरिक, एकल महिला एवं अपांगता भएका व्यक्तिलाई उपलब्ध गराउदै आएको सामाजिक सुरक्षा भत्ता वितरणका लागि नगरपालिकासँग समन्वय गर्ने उल्लेख गर्नुभएको छ ।

सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण हुँदै आएकोमा नगरपालिका र सम्वन्धित बैकसँग समन्वय गरी गाउँमै शिविर आयोजना गर्ने र अशक्त असाह्यहरुका लागि घरमै पुराउने व्यवस्था गर्ने उहाँले बताउनु भयो ।

सामाजिक सुरक्षा भत्ता वितरणबाहेक वडा अध्यक्ष भण्डारीले अबको कार्यकालमा स्थानीयबासीको चाहाना र आवश्यकताबमोजिम राजनैतिक, सामाजिक र आर्थिक उपलव्धीलाई संस्थागन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?