आइपिएलको उपाधिका लागि राजस्थान र गुजरात भिड्ने

Read Time = 5 mins

राजस्थान । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को उपाधिका लागि राजस्थान रोयल्स र गुजरात टाइटन्स भिड्ने भएका छन् । राजस्थानले शुक्रबार राती दोस्रो क्वालिफायरमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ७ विकेटले पराजित गर्दै गुजरातसँगको भेट पक्का गरेको हो ।

यसअघि गुजरातले भने राजस्थानलाई पहिलो क्वालिफायरमा सात विकेटले हराउँदै फाइनलमा पुगेको थियो । गुजरातले पहिलो सिजन आइपिएल खेल्न लागेको हो । पहिलोे सिजनमै गुजरातले फाइनलमा स्थान बनायो । यता राजस्थानले भने २००८ पछि पहिलोपटक फाइनलमा स्थान बनाएको हो ।

फाइनल आइतबार नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा राती सबा आठ बजे हुनेछ । यस सिजनमा राजस्थान र गुजरातबीच दुई खेल भएका छन् । दुवै खेलमा गुजरात विजयी भएको छ । राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग ९आइपिएल० मा १४ वर्षपछि फाइनलमा पुगेको छ । राजस्थानले शुक्रबार राती दोस्रो क्वालिफायरमा रोयल च्यालेन्जर्स बेंगलोरलाई सात विकेटले हराउँदै पहिलो संस्करणपछि फाइनलमा पुगेको हो ।

जितका लागि १५८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको राजस्थानले १८।१ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । राजस्थानको जितमा जस बटलर ६० बलमा १० चौका र ६ छक्कासहित सर्वाधिक १०६ रनमा अविजित रहनुभयो । बटलरको जारी सिजनको यो चौथो शतक हो ।

बटलरले २०१६ मा बेंगलोरका विराट कोहलीले प्रहार गरेको एकै सिजनमा सर्वाधिक चार शतकको कीर्तिमान बराबरसमेत गर्नुभएको छ । राजस्थानका लागि ओपनर यशस्वी जैसवाल र जस बटलरले ५।१ ओभरमा ६१ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाउनुभएको थियो ।

जैसवाल २१ रनमा आउट हुनुभयो । १३ बलमा उहाँले एक चौका र दुई छक्का प्रहार गर्नुभएको हो । यस्तै कप्तान सञ्जु स्यामसनले २१ बलमा एक चौका र दुई छक्कासहित २३ रन जोड्नुभयो । बेंगलोरका जोश हेजलवुडले दुई र वानिन्दु हसरंगाले एक विकेट लिनुभयो ।

त्यसअघि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १५७ रन बनाएको थियो । बेंगलोरका रजत पाटिदारले ४२ बलमा चार चौका र ३ छक्कासहित सर्वाधिक ५८ रन बनाउनुभयो ।

दोस्रो विकेटका लागि पाटिदार र फाफ डु प्लेसिसले ७० रनको साझेदारी गर्दै बेंगलोरलाई अघि बढाउनुभएको थियो । डु प्लेसिस ओबेद म्याकोयको बलमा आश्विनबाट २५ रनमा क्याच आउट हुनुभयो । बेंगलोरका आक्रामक ब्याटर ग्लेन म्याक्सवेल १३ बलमा एक चौका र दुई छक्कासहित २३ रनमा क्याच आउट हुनुभयो ।

राजस्थानका तीव्र गतिका बलर प्रसिद्ध कृष्णले चार ओभरमा २२ रन खर्चेर तीन विकेट लिनुभयो । बायाँहाते तीव्र गतिका बलर ओबेद म्याकोयरले चार ओभरमा २३ रन खर्चेर दुई विकेट लिनुभयो ।

राजस्थानले फाइनलमा गुजरात टाइटन्ससँग आइतबार प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायरमा राजस्थानलाई सात विकेटले हराउँदै गुजरात फाइनलमा पुगिसकेको छ । राजस्थान दोस्रोपटक उपाधि जित्ने सोचमा हुँदा गुजरात आफ्नो पहिलो सिजनमै च्याम्पियन बन्ने दाउमा छ ।

राजस्थानले सन् २००८ मा भएको पहिलो संस्करणको उपाधि जितेको थियो । राजस्थानले फाइनलमा चेन्नाई सुपर किंग्सलाई तीन विकेटले पराजित गर्दै उपाधि जितेको थियो । त्यसपछि भने राजस्थानले फाइनलमा स्थान बनाउन सकेको थिएन । राजस्थान त्यसपछि २०१३ मा क्वालिफायरमा पुगेको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?