नेपाली टोली अमेरिका प्रस्थान

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । विश्वकप लिग-२ त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) शृंखला खेल्न नेपाली क्रिकेट टोली अमेरिका प्रस्थान गरेको छ । शुक्रबार राती अमेरिका प्रस्थान गरेको नेपाली टोलीलाई दिउँसो नेपाल क्रिकेट संघ (क्यान) ले एक कार्यक्रमका बीच बिदाइ गरेको थियो ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्द र खेलकुदमन्त्री महेश्वरजंग गहतराजले खेलाडीहरूलाई शुभकामना व्यक्त गर्दै बिदाइ गर्नुभएको थियो । मन्त्री गहतराजले यसअघि पनि नेपाली क्रिकेटले देशको नाम उँचो गरेको स्मरण गर्दै आगामी प्रतियोगितामा अझै राम्रो गर्न शुभकामना दिनुभयो ।

नेपालको टोलीमा सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी (विकेटकिपर), सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सुशान भारी, किशोर महतो र सागर ढकाल रहनुभएको छ ।

अमेरिकामा नेपालले पहिलो खेल वैशाख जेठ २६ मा ओमानसँग खेल्दै सुरुवात गर्दैछ । यस सिरिजपछि ओमानको आइसिसी विश्वकप लिग-२ मा ३६ खेल पूरा हुनेछ । नेपालले हाल १२ खेल खेलेको छ । ओमान ३२ खेलमा १९ मा जित र ११ मा हारका साथ शीर्षस्थानमा छ ।

नेपालको यो विश्वकप लिग-२ मा चौथो त्रिकोणात्मक सिरिज हो । सात टोली सहभागी विश्वकप लिग-२ मा शीर्ष तीन टोलीले आगामी वर्ष हुने एकदिवसीय विश्वकप ग्लोबल छनोट सिधै खेल्न पाउनेछन् । बाँकी चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

विश्व लिग–२ को पूरा खेल नसकिने सम्भावना उच्च हुँदा विजयी प्रतिशतका आधारमा शीर्ष तीन टोली निर्धारण हुनेछ । नेपालको यो विश्वकप लिग–२ मा चौथो त्रिकोणात्मक सिरिज हो । सात टोली सहभागी विश्वकप लिग-२ मा शीर्ष तीन टोलीले आगामी वर्ष हुने एकदिवसीय विश्वकप ग्लोबल छनोट सिधै खेल्न पाउनेछन् । बाँकी चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

यसैबीच तीव्र गतिका बलर विक्रम सोबले अमेरिकाको भ्रमण गुमाउनुहुने भएको छ । क्यानका क्रिकेट म्यानेजर विनोद दासका अनुसार विक्रम ब्याक इन्जुरीका कारण टोलीबाट बाहिरिनुभएको हो । विक्रमले नेपालबाट पाँच ओडिआई खेल खेल्नुभएको छ ।

विक्रमको स्थानमा बायाँहाते स्पिनर सुशान भारीलाई टोलीमा समेटिएको छ । भारीले नेपालबाट समान नौ ओडिआई र टी-२० आई खेल खेल्नुभएको छ ।

बिदाइ कार्यक्रममा नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले टोली सन्तुलित रहेको जनाउँदै आफूहरूले सक्दो राम्रो नतिजा ल्याउने प्रयास गर्ने बताउनुभयो । उहाँले विपक्षीहरूसँग यसअघि पनि खेलिसकेको र उहाँहरूको सबल र दुर्बल पक्षबारे जानकारी रहेको जनाउँदै आफूहरूले पूर्ण तयारी गरेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?