महँगी नियन्त्रण गर्न माग

Read Time = 3 mins

काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले चिनीलगायत दैनिक अत्यावश्यक उपभोग्य वस्तुको आपूर्ति असहज बन्दै गएको जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिका साथै अन्य विभिन्न कारण नेपाली बजारमा दैनिक उपभोग्य वस्तु तथा सेवामा अत्यधिक महँगी बढिरहेकाले नेपाली जनताको दैनिक जीवन अत्यन्त कष्टकर बन्दै गएको मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताउनुभएको छ । खासगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धिले समग्र वस्तु तथा सेवा महँगिएको भन्दै उहाँले जनताका लागि राहत प्याकेज घोषणा गरिनुपर्ने बताउनुभएको छ । विश्वव्यापीरूपमा बढेको महँगी नियन्त्रणका लागि विभिन्न मुलुकले देश र जनताको आवश्यकताका आधारमा राहतका प्याकेज घोषणा गरिरहेको सन्दर्भ उल्लेख गर्दै मञ्चले नेपालले पनि राहत प्याकेज घोषणा गर्नुपर्ने बताउनुभयो ।

पछिल्लो समय भारत सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको अन्तःशुल्क हटाउने निर्णय गरेको छ भने खाद्य तेल अर्थात् भटमास, वनस्पति र सनफ्लावर तेलमा लाग्दै आएको आयात शुल्क शून्यमा झारेको छ । पाँच प्रतिशत जिएसटी लाग्दै आएकोमा पूरै हटाएको छ भने चिनी र गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ ।

चिनीको निर्यातमा प्रतिबन्धसँगै नेपाली बजारमा चिनीको मूल्य स्वाभाविकरूपमा बढ्ने, नेपालबाट तेलको अवैध चोरीनिकासी हुने भन्दै मञ्चले सचेत गराएको छ । मञ्चले आपूर्ति व्यवस्था सहज बनाइराख्न सरकारले स्वदेशी उद्योगलाई तत्कालै विशेष सुविधा दिएर खाद्य तेललगायत अन्य कृषिजन्य उत्पादन गर्न प्रोत्साहित गर्नुपर्ने, केही समयका लागि स्वदेशी उत्पादनमा लाग्दै आएका विभिन्न करमा पुनरवलोकन गर्नुपर्ने र आयात गरी आपूर्ति गर्नुपर्ने दैनिक अत्यावश्यक सामानमा करका दर सुधार गर्दै उपभोक्तामुखी बनाउनुपर्ने भन्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?