इन्जिनियरिङ विद्यार्थीलाई एनसेलको छात्रवृत्ति

Read Time = 2 mins

काठमाडौं । एनसेलले इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसका पाँच संकायमा अध्ययनरत उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । कम्पनीले एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान २०७८ प्रदान गरेको हो ।

एनसेलको मुख्य कार्यालय लैनचौरमा आयोजित एक कार्यक्रमबीच विद्यार्थीका अभिभावक, इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापकको उपस्थितिमा छात्रवृत्ति प्रदान गरिएको कम्पनीले जनाएको छ ।

२०७१ सालबाट सुरु गरिएको यस एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमले प्राविधिक शिक्षालाई प्रोत्साहन गर्दै युवा प्रतिभा पहिचान र उनीहरूको शैक्षिक उत्कृष्टताको कदर गर्ने उद्देश्य राखेको छ ।

कार्यक्रमअन्तर्गत सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ संकायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरिन्छ ।

२०७८ का लागि १८ शीर्षकअन्तर्गत सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ संकायका १८ विद्यार्थीलाई एनसेल छात्रवृत्ति प्रदान गरिएको छ ।

त्यस्तै उत्कृष्ट नतिजा ल्याई उल्लेखित पाँच संकायबाट स्नातक उत्तीर्ण छजना विद्यार्थीलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरिएको छ । इन्जिनियरिङ अध्ययन संस्थानका डिन प्राडा शशीधर जोशी र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले संयुक्तरूपमा सम्मान प्रदान गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?