दाना उद्योग संघमा नयाँ नेतृत्व

Read Time = 2 mins

काठमाडौं । नेपाल दाना उद्योग संघको अध्यक्षमा फेरि पनि रवि पुरी निर्वाचित हुनुभएको छ । शनिबार काठमाडौंमा सम्पन्न संघको २१औँ साधारणसभाले पुरीको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

प्रथम उपाध्यक्षमा शंकरप्रसाद कँडेल, द्वितीय उपाध्यक्षमा प्रदीपकुमार रुंगटा, तृतीय उपाध्यक्षमा ज्ञानेन्द्र पराजुली, महासचिवमा केशवराज थापा, कोषाध्यक्षमा उमेशचन्द्र सापकोटा र सचिवमा राजकुमार पराजुली हुनुहुन्छ । अन्य १० जना सदस्यसमेत निर्वाचित हुनुभएको छ ।

पुरीले नेपाल दाना, कुखुराको चल्ला, अण्डा र मासु उत्पादनमा आत्मनिर्भर भए पनि दानाको मुख्य कच्चा पदार्थ मकै तथा भटमासको पिना आयात गर्नुपर्ने बाध्यता रहेको भन्दै हाल उक्त कच्चा पदार्थको अन्तर्राष्ट्रिय बजार मूल्य आकाशिएको बताउनुभयो ।

उच्च भन्सारदरका कारण दानाको उत्पादन महँगो हुने गरेकाले स्वदेशमै कच्चा पदार्थ उत्पादनतर्फ सरकारले ध्यान दिनुपर्ने पनि उहाँले बताउनुभयो । कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादवले मकै तथा भटमास खेतीमा मन्त्रालयले पहल गर्ने बताउनुभयो ।

समयसापेक्ष कृषि नीति बनाउन पहल भइरहेको जानकारी गराउँदै उहाँले नेपाल दाना उत्पादन, कुखुरा उत्पादन र अण्डा उत्पादनमा आत्मनिर्भर हुनु ठूलो उपलब्धि भएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?