यस्तो छ तपाईंको जेठ १५ गते आइतबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins
A A- A+

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ साल जेठ १५ गते आइतबार, ई.सं.२९, मे २०२२ । तिथि- वैशाख कृष्णपक्ष चतुर्दशी, नक्षत्र- कृतिका, योग- अतिगण्ड, करण- शकुनि, चन्द्रराशि- मेष, सूर्योदयः ५ः११, सूर्यास्तः १८ः५२ ।

मेष : चिताएको काममा आंशिक सफलता प्राप्त हुनेछ ।

वृष : धनमाल हराउने वा ठगीमा परिने सम्भावना छ ।

मिथुन : आत्मविश्वास र दृढसंकल्पले लक्ष्यप्राप्ति हुनेछ ।

कर्कट : अनावश्यक वादविवादबाट टाढै बस्नु बुद्धिमानी हुनेछ ।

सिंह : पहिले गरिएका कामबाट राम्रो दाम प्राप्त हुनेछ ।

कन्या : महत्वाकांक्षाले व्यावहारिक समस्या निम्त्याउन सक्छ ।

तुला : परिवारजनमा आत्मीय भाव बढ्नेछ ।

वृश्चिक : व्यापारमा मन्दी आउनेछ भने व्यवहारमा खर्च बढ्नेछ ।

धनु : आशा देखाएर ठगी गर्नेहरूले पनि सताउन सक्छन् ।

मकर : सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइनेछ ।

कुम्भ : गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन् ।

मीन : सरोकार नभएका विषयमा चासो राख्नाले वादविवादमा परिएला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?