‘युक्रेनविरुद्धको युद्धमा रणनीतिक हतियार प्रयोग हुन्न’

Read Time = 2 mins

लन्डन । बेलायतका लागि रुसी राजदूतले आफ्नो देशले युक्रेन विरुद्धको युद्धमा रणनीतिक आणविक हतियार प्रयोग गर्नेमा विश्वास नगर्ने बताउनु भएको छ । राजदूत आन्द्रेई केलिनले रुसी सैन्य नियम अनुसार यस्ता हतियारहरु द्वन्द्वमा प्रयोग नहुने बताउनु भएको हो ।

राज्यको अस्तित्व खतरामा आए मात्र त्यस्ता हतियार प्रयोग गर्न सकिने उहाँले बताउनु भयो । ‘यसको हालको कारबाहीसँग कुनै सरोकार छैन’, उहाँले आइतबार बिहान भन्नुभयो ।

भ्लादिमिर पुटिनले आक्रमण लगत्तै फेब्रुवरीको अन्तमा आफ्ना आणविक सेनाहरूलाई उच्च सतर्कतामा रहन आदेश दिनुभएको थियो । पुटिनले यसको दोष नेटो र पश्चिमा देशहरुको आक्रमक व्यवहारलाई दिनुभएको थियो ।

तर, बेलायतका रक्षामन्त्री बेन वालेसले यसलाई युक्रेनमा भइरहेको गलत क्रियाकलापबाट मानिसहरुलाई अन्यत्र ध्यान मोड्ने प्रयास बताउनु भएको थियो । यसैबीच रुसी सेनाले पूर्वी युक्रेनमा आफ्नो हमला केन्द्रित गरेको छ । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?