काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने संकल्प बोकेर लोकतान्त्रिक गणतन्त्रलाई जनअनुभूतिबाट प्रमाणित गर्न चाहेको बताउनुभएको छ ।
पन्ध्रौँ गणतन्त्र दिवसका अवसरमा आइतबार शुभकामना सन्देशमार्फत अध्यक्ष ओलीले राष्ट्रिय समृद्धिका पाइलाहरूलाई उचाइमा पुर्याउन सबैको साथ रहनेसमेत अपेक्षा राख्नुभएको छ ।
ओलीको सन्देशमा भनिएको छ, ‘जनविरोधी शक्तिहरूका अनुचित दुष्प्रयासहरूले अवरोध पुर्याएर थाती रहन पुगेका राष्ट्रिय समृद्धिका पाइलाहरूलाई उचाइमा पुर्याउने नेकपा (एमाले) को अभियानमा सम्पूर्णको साथ रहनेछ भन्ने मैले अपेक्षा गरेको छु ।’
गत आम निर्वाचनबाट बनेको नेकपा (एमाले) नेतृत्वको सरकारले नयाँ संविधानले परिकल्पना गरेको संघीय लोकतान्त्रिक शासन प्रणालीलाई सुदृढ गर्दै मुलुकलाई विकास र समृद्धिको बहसतर्फ अग्रसर गराएको उहाँको दाबी छ ।
उहाँले मुलुकमा आफूहरूले सुशासन र समृद्धितर्फको बहसमा केन्द्रित गर्न सफल भएको पनि बताउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच