आज १५ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस

Read Time = 1 min

काठमाडौं । आज १५ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस । नेपालसहित विश्वभर सर्वोच्च शिखर सगरमाथाको बारेमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

सगरमाथा विश्वको सर्वोच्च शिखर, नेपालको गौरव भन्ने नारासहित यस वर्ष सगरमाथा दिवस मनाउन लागिएको हो । सन् १८३० को दशकमा बेलायती भूगोलविद् जर्ज एभरेष्टको नेतृत्वमा हिमशिखरको विस्तृत सर्वेक्षण गर्ने शुरुवात भएसँगै सन् १८४७ मा विश्वकै सर्वोच्च हिमालको रुपमा सगरमाथाको पहिचान जोडिएको थियो ।

सन् १९५३ मे २९ का दिन तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सगरमाथाको शिखर चुम्न सफल भएको दिनलाई २००८ देखि सगरमाथा दिवसको रुपमा मनाउन थालिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?