स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । यो निर्वाचनको नेपाली राजनीतिमा एक नयाँ अध्याय थप्न सफल भएका छन् । यस निर्वाचनमार्फत मतदाताले मौन विद्रोह गरेका छन् । वैशाख ३० गते सम्पन्न निर्वाचनको अन्तिम चरणको मत परिणाम सार्वजनिक भइँसक्दा यसपालि नेपाली राजनीतिक क्षेत्रमा फरक परिदृश्य देखा परे । आमजनताको मौन विद्रोह देखियो खासगरी ठूला शहरमा । यसले राजनीतिक दलको जग हल्लिएको छ । अब पनि दलहरू इमानदार हुन सकेनन् भने जनताले उचित फैसला गर्दै जाने छन् भन्ने आभाष उनीहरूले व्यक्त गरेका छन् आफ्नो अमूल्य मतमार्फत । यो मत परिणामले राजनीतिक दल प्रति जनताको विश्वास विस्तारै घट्दै गएको अनुमान लगाउन सकिन्छ ।
लगभग एक करोड ७० लाख मतदातामध्ये एक करोड १८ लाखभन्दा बढीले मतदान गरेको तथ्यांक छ । छिटफुट घटनाबाहेक निर्वाचन सौर्हाद्र रूपमा सम्पन्न भयो । निर्वाचन भड्किलो र महँगो बन्दै गयो । पैसा नहुनेहरू उम्मेदवार बन्नै डराए । पैसा हुनेहरूले टिकट पनि पाए, चुनाव पनि जिते । नेपालको राजनीति फोहोरी खेल बनेको बनेको छ । यसलाई सफा गर्न जरुरी छ । जबसम्म नेपालको राजनीतिलाई सफा गरिँदैन तबसम्म यहाँ कुनै प्रगति हुँदैन । नेपाली जनताले दलका नेताभन्दा स्वतन्त्र उम्मेदवारलाई किन मन पराए ? यो राजनीति दलभित्र समीक्षा हुन जरुरी छ । जनताले नेतृत्वबाट परिवर्तन खोजेका छन् ।
लोकतन्त्रमा निर्वाचनको माध्यमबाट जनताले आफूले मन पराएका जनप्रतिनिधि छान्न पाउँछन् । यो लोकतन्त्रको सुन्धर पक्ष पनि हो । यस पालिको चुनावमा जनताले विवेक प्रयोग गरेको पाइन्छ । अब जनतालाई भ्रममा राखेर मत ल्याउँन सकिन्छ भन्ने कुरा कसैले नसोचे हुन्छ । जनता भनेका परिवर्तनका संवाहक हुन । जनताले विद्रोह गरे कसैको केही लाग्दैन । अहिले नेपाली जनताले मतदानमार्फत विद्रोह गरेका छन् । यो एउटा सन्देश हो ।
निर्वाचनकै कारण दलहरू ठूला, साना हुने हुन् । जुन दललाई जनताले बहुमत दिन्छन् त्यही दल ठूलो दल बन्छ । स्थानीय तहको निर्वाचन मतपरिणामबाट पनि संघीय चुनाव र प्रदेश चुनावमा कुन दलको बहुमत आउँछ भन्ने कुराको मापन गर्न सकिन्छ । देशमा राजनीतिक दलहरू सच्चिनुपर्ने आवश्यकता देखिएको छ । दलका कामप्रति जनता असन्तुष्टि छन् । जनतामा असन्तुष्टि आउन दिनु हुँदैन । जनता असन्तुष्टि भए भने विद्रोह हुन सक्छ । विगतमा भएका गल्ति दलहरूले सच्याउन जरुरी छ । दलहरू समय छँदै नसच्चिने हो भने भोलिका दिनमा उनीहरूलाई यसभन्दा ठूलो समस्या आउनेछ ।
स्थानीय तहको चुनावमा प्रचारप्रसार, जुलुस, सभा समारोहलगायत गतिविधि निरन्तर भए । जनताको मत तान्न दलहरूले भ्याएसम्मको कोसिस गरेकै हुन् । चुनावको बेलामा दलहरूबीच आरोप-प्रत्यारोप भए । आरोप-प्रत्यारोपले मत नतानिने रहेछ । जनता अहिले धेरै चेतनशील भएको प्रमाणित भएको छ । देशमा राजनीतिक सक्रिय भए पनि नागरिकका आशा अनि अपेक्षा पूरा हुन सकेका छैनन् । नागरिकले आशा अनि अपेक्षा पूरा गराउन दबाबमूलक धर्ना, आमसभा, आन्दोलन, नाराबाजी गर्ने गर्छन् । आफैंले चुनेर पठाएका जनप्रतिनिधिले नै नागरिकका कुरा र माग सुन्दैनन् । त्यसैले जनतामा दलहरूप्रति घृणा जागेको हो ।
निर्वाचनको सफलता एउटा कुरा हो तर जनताको जनजीविकाको सवाल महत्वपूर्ण कुरा हो । जनताले दलीय नेृतत्वमाथि मूल्यांकन गर्दै आएका छन् । दलहरूको औचित्य र अस्तित्व निर्वाचनको परिणामले निर्धारण गर्ने गर्छ । नेतृत्व र दलमाथिको नागरिक विश्वासको परीक्षणसमेत निर्वाचनमार्फत हुन्छ । नागरिकका आशा अनि अपेक्षा पूरा गर्न नसक्ने दलहरू आफैं विस्तारै सकिन्छन् । देशको भाग्य र भविष्य निर्माण गर्ने सवालमा दलहरू गम्भिर बन्न नसके उनीहरूको भविष्य छोटिँदै जाने निश्चित छ । स्थानीय तहको निर्वाचनको महत्व बढी हुन्छ । अहिलेका निर्वाचित जनप्रतिनिधिले कत्तिको काम गर्लान् भन्ने कुरा हेर्न चाहिँ बाँकी नै छ । यसपालिको स्थानीय तहको निर्वाचनले केही सन्देश दिएको छ । ती सन्देशलाई सबै दलहरूले मनन गर्नुपर्छ ।
मतदातामा निर्वाचन मोह घट्दो देखिन्छ । स्थानीय तह निर्वाचनमा जम्मा ६५ प्रतिशत मतदान भयो । राजधानीमै केवल ५२ प्रतिशतमा सीमित रहृयो । अघिल्लो निर्वाचनमा झण्डै ७४ प्रतिशत मत खसेको थियो । अब दल र निर्वाचन आयोग विद्युतीय मतदानमा जान ढिला गर्नु हुँदैन । थुपै्र देशमा विद्युतीय मतदानको व्यवस्था छ । इन्टरनेटबाटै भोट दिन मिल्ने अभ्यास विकास गरेको छ । विद्युतीय मतदानले समय तथा खर्चको बचावट हुन्छ । बदर भोट कम हुन्छ । पार्टीका भन्दा दक्ष उम्मेदवारलाई जिताउनुपर्छ भन्ने भावना मतदातामा देखियो । राजनीतिमा अब युवा, क्षमतावान् व्यक्तिको आवश्यक छ ।
यो निर्वाचनमा स्वतन्त्र उम्मेदवारको अधिक प्रभाव देखियो । आममानिसमा ठूला राजनीतिक दलप्रति वितृष्णा बढ्दै गरेको सत्य देखिँदैछ । ठूला दलबाहेक अन्य दलहरूले राम्रै मत प्राप्त गरे । राजधानी काठमाडौं महानगरपालिकाको मतपरिणामले राजनीतिक दल र तिनका नेताहरूको निद्रा खल्बल्याइदिएको छ । यस मतपरिणामले विकल्पको सन्देश दिन खोज्दैछ । नागरिकमा दलीय उम्मेदवारभन्दा दक्ष उम्मेदवारलाई जिताउनुपर्छ भन्ने कुरा देखियो । अब राजनीतिमा युवा, क्षमतावान् व्यक्तिहरूको आवश्यकता समयको माग भइसकेको छ । उम्मेदवार चयन गर्दा हाम्रो मान्छे होइन, राम्रो मान्छेको विकास गर्नुपर्छ ।
यस निर्वाचनले गठबन्धनको संस्कृति नागरिकका लागि सहज, स्वीकार्य र स्वाभाविक नभएको स्पष्ट सन्देश प्रवाह भयो । गठबन्धनका दलहरू समग्र रूपमा त अगाडि नै छन् । उनीहरूको दलगत अवस्था भने पूर्वानुमानभन्दा निकै कमजोर रहृयो । बदर मतको संख्या विगतभन्दा घट्न सकेन । मतदाता शिक्षाको प्रभावकारिता हुन नसकेको देखियो । नेपाली जनताले यसपालिको स्थानीय तहको निर्वाचनमार्फत दललाई एक पटक होइन, दश पटक सोच्ने बनाएका छन् । जनता लामो समयसम्म धैर्य बनेका हुन् । अब धैर्य हुँदैन ।
राजनीतिमा गालीगलोज धेरै भए त्यो जनताले पचाउन सकेनन् । गालीगलोजको राजनीतिले दलहरू स्थापित हुन नसक्ने प्रमाणित भएको छ । लामो समय राजनीतिको मुख्य केन्द्रमा रहेका दलहरूको अकर्मण्यताले देश बर्बाद भएको जनतालाई ज्ञात नै छ । अघिल्लो निर्वाचनमा राम्रै मत पाएको विवेकशील साझाले यसपालि नागरिकको गतिलो झापड पायो । वैकल्पिक शक्ति भन्ने दलहरूले यसलाई मनन गर्नुपर्छ ।
स्थानीय तह निर्वाचनकाको मत परिणाम अआइसकेको छ । वैशाख ३० गते सम्पन्न निर्वाचनको अन्तिम चरणको मतपरिणाम सार्वजनिक भइरहँदा यसपालि नेपाली राजनीतिक क्षेत्रमा फरक परिदृश्य देखा परे । आमजनताको मौन विद्रोह देखियो खासगरी ठूला शहरमा । यसले राजनीतिक दलको जग हल्लिएको छ । अब पनि दलहरू इमानदार हुन सकेनन् भने जनताले उचित फैसला गर्दै जाने छन् भन्ने आभाष उनीहरू व्यक्त गरेका छन् आफ्नो अमूल्य मतमार्फत । यो मतपरिणामले राजनीतिक दलप्रति जनताको विश्वास विस्तारै घट्दै गएको अनुमान लगाउन सकिन्छ । अब नेपालका राजनीतिक दलहरूले विगतका गल्तिबाट पाठ सिकेर अघि बढ्नुपर्ने अवस्था देखिएको छ । यो स्थानीय तहको निर्वाचनमा राजनीतिक दलका उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवारलाई जनताले रुचाएको देखियो । यो जनमतले नेतालाई सच्चिएर अगाडि बढ्न सचेत गराएको छ । त्यसैले अब राजनीतिक दलका नेता सच्चिनुपर्ने देखिएको छ ।
देशको ठूलो महानगर काठमाडौं महानगरपालिका लगायत देशका अन्य ठाउँबाट मतदाताले आफ्नो मौन विद्रोह प्रस्तुत गरेका छन् । यसलाई कसैले समान्य रूपमा हेर्नु हुँदैन । जनता हाम्रो मान्छेभन्दा राम्रा मान्छे चुन्न चाहान्छन भन्ने संकेत हो यो । अहिले दलीय लोकप्रियता निकै घट्दै गइरहेको देखिएको छ । अब दलका नेताहरू गम्भीर बन्नुपर्ने अवस्था छ । केही ठाउँमा स्वतन्त्र उम्मेदवारको जितले राजनीतिक दल र तिनका नेताहरूलाई लाजले मुख छोप्ने बनाएको छ । राजनीतिक दलले यसलाई सामान्य रूपमा लिए भोलिका दिनमा उनीहरूलाई नै समस्या आउनेछ । स्वतन्त्र उम्मेदवारको जित हुनुभनेको दलविरुद्धको विद्रोह हो ।
दल र तिनका नेता तथा उम्मेदवारको सोच, चिन्तन र कार्यशैलीमा परिवर्तन आउन नसक्नु नै यो समस्या हो । व्यवस्था फेरियो तर जनताको अवस्था फेरिन सकेन । त्यही भएर जनताले यस्तो फैसला गरेका हुन् । दलका नेता जनतामाझ लोकप्रिय हुन सकेका छैनन् । अब राजनीतिक दलले समय छँदै विचार गर्नुपर्छ । यदि दलहरूले समय छँदै विचार गर्न सकेनन् भने उनीहरूको राजनीतिक भविष्य अन्योल हुने निश्चित छ । जनतालाई सेवासुविधा दिन नसक्ने दल र तिनका नेताहरू अब विस्तारै जनताबाट अस्वीकृत हुनेछन् ।
राजनीतिक दलले देश र जनताको पक्षमा काम गर्न नसकेर नै यो स्थिति आएको हो । यसलाई समय छँदै राजनीतिक दलले मनन् गर्न जरुरी छ । अब जनता ढाँटेर ढाँटिने अवस्थामा छैनन् । जनता धेरै सचेत छन् । जनचेतना निरन्तर बदलिँदो छ । राजनीति जनताको पक्षमा हुनुपर्छ । राजनीति भनेको समाज सेवा हो तर राजनीतिलाई व्यापार बनाइएको छ । नेपालको राजनीतिमा ठूलो समस्या हो । हाम्रा राजनीतिक दलका नेताहरूको चरित्र ठीक छैन । उनीहरूले आफ्नै स्वार्थका लागि राजनीति गरिरहेका छन् । यसैको मौन विद्रोह जनताले आफ्नो मतमार्फत गरेका छन् । यदि समयमै दलहरू नसच्चिने हो भने यसले आउँदा दिनमा अझ व्यापकता लिने निश्चित प्रायः देखिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच