जुम्लाका नवनिर्वाचित जनप्रतिनिधि धमाधम लोकप्रिय निर्णय गर्दै

Read Time = 5 mins

-विजय रावत
जुम्ला । जुम्लाका स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधि लोकप्रिय निर्णय गर्दे पदभार ग्रहण गरिसकेकाछन् ।यहाँको तातोपानी गाउँपालिकाले डाक्टर र इन्जिनियर पढाउने निर्णय गरेको छ । नवनिर्वाचित जनप्रतिनिधिको पहिलो कार्यपालिकाको बसेको बैठकले डाक्टर र इन्जिनियर पढाएर स्वास्थ्य र विकास निर्माणलाई चुस्तदुरुस्त बनाउने निर्णय गरेको तातोपानी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो,“प्राविधिक धारतर्फ डाक्टर र इन्जिनियर स्नातक तहमा पढ्न चाहने महिला दलित र अल्पसंख्यक तीन जनालाई पढाउने निर्णय कार्यपालिकाको पहिलो बैठकले गरेको छ । पालिकाले ५० प्रतिशत रकम हाल्ने छ ।" अध्ययन सकिसकेपछि ३ वर्ष विद्यार्थीहरु पालिकामा निःशुल्क सेवा प्रदान गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत बुढ्थापाले बताउनुभयो ।  पालिकाले गरेको निर्णय समय सान्दर्भिक भएको स्थानीयवासि बताउँछन् । डाक्टर नहुँदा सामान्य स्वास्थ्य समस्या भएपछि अस्पतालसम्म पुर्याउन समस्या हुने गरेको गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईले बताउनुभयो ।

पालिकाले डाक्टर र इन्जिनियर पढाउने छ । दक्ष जनशक्ति उत्पादन गरेर यहाँको स्वास्थ्य अवस्थामा सुधार ल्याउने कामको थालनी भएको छ । गुणस्तरीय विकासका लागि जोड दिइने छ । पहिलो कार्यपालिका बैठकले पालिकाभित्रका २८ वटा विद्यालयमा विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने र जसका लागि स्वास्थ्य चौकीमा रहेका स्वास्थ्यकर्मी परिचालन गर्ने निर्णय गरेको अध्यक्ष चौलागाईले बताउनुभयो ।
जिल्लाको तिला गाउँपालिकाको पहिलो कार्यपालिका बैठकले गर्भवती र सुत्केरी महिलालाई निः शुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरेको छ । अहिले समयमै सवारीसाधन नपाउँदा गर्भवती र सुत्केरीले समयमै अस्पताल र स्वास्थ्य संस्थामा पुग्न पाएका छैनन । एक एम्बुलेन्स गर्भवती र सुत्केरीका लागि राखिएको छ । समयमै स्वास्थ्य संस्था र अस्पताल पुर्याउन सहज हुने गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले बताउनुभयो ।

हिमा गाउँपालिकाले सबै नागरिकको स्वास्थ्य बिमा गर्ने निर्णय गरेको छ । सबै नागरिक सहज स्वास्थ्य सेवाको पहुँचमा पुग्न सक्ने अवस्था रहँदैन । आर्थिक अभावका कारण बिरामी घरमै थन्किनु पर्ने अवस्था रहन्छ । पालिका भरका गरिब विपन्न नागरिकको स्वास्थ्य बी हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण शाहीले बताउनुभयो । सिंजा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष पुर्णप्रसाद धितालले पालिका भित्र शुन्य घर सुत्केरीको अवधारणा १ बर्ष भित्र पुरा गर्ने देखि ५ बर्ष भित्र कक्षा १ देखि ५ सम्मको आधारभुत विद्यालय तहमा शैक्षिक उपलब्धि स्तर ६० प्रतिशत पुर्याउनेसम्म पहिलो निर्णय गरेको अध्यक्ष धितालले बताउनुभयो ।

गाउँपालिकाको निमार्णधिन प्रशासकीय भवन तत्काल निर्माण गरी सुचारु गरिने भएको छ । पालिका स्तरीय रंगशाला निर्माणमा विशेष जोड दिइने नवनिर्वाचित अध्यक्षले निर्णय गर्नु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर शाहीले जानकारी दिनुभयो । पालिकाकाले प्रदान गर्दै आएको सेवालाई व्यवस्थित, विश्वसनिय र प्रभावकारी बनाउन तथा नागरिकको सहज पहुँच पुर्याउनका लागि सुचना प्रविधिको प्रयोग गर्दै गुणस्तरीय सेवाको सुनिश्चितता गर्नेका लागी परेको सिंजा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष धितालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?