उद्धार र खोजीका लागि हेलिकप्टर स्ट्यान्डबाइ छन्, मौसम अनुकुल हुनासाथ हवाईमार्गबाट खोजी हुन्छ : तारा एयर

Read Time = 1 min
A A- A+

काठमाडौं । पोखराबाट जोमसोम उढेको तारा एयरको सम्पर्कविहीन भएको जहाज खोजीका लागि गएको हेलिकप्टर मौसम खराब भएपछि फर्किएको तारा एयरले जनाएको छ ।

तारा एयरले प्रेस विज्ञप्ति जारी गर्दै हराइरहेको जहाज खोजी तथा उद्दारका लागि काठमाडौं, पोखरा र जोमसोम विमानस्थलमा हेलिकप्टरहरु स्ट्यान्डबाइ राखिएको जनाएको छ । मोसममा सुधार आउन साथ हवाईमार्गबाट खोजी कार्य पुनः सुरु गर्ने तारा एयरले जनाएको छ ।

पोखराबाट उडेर बेपत्ता भएको तारा एयरको जहाजमा चालक दलका सदस्यसहित २२ जना रहेका खुलेको छ । जसमा चालक दल तीन सदस्यसहित १६ नेपाली, चार भारतीय र दुई जर्मनी छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?