खोटाङका ६ कैदीको सजाय मिनाहा

Read Time = 2 mins

-चिसाङ शेर्पा
खोटाङ । खोटाङका ६ कैदीबन्दीको सजाय मिनाहा भएको छ । १५औं गणतन्त्र दिवसको अवसरमा उनीहरुको सजाय मिनाहा भएको हो ।
असल चालचालन भएका कर्तव्य ज्यान मुद्दाका ४ जना र ज्यान मार्ने उधोग मुद्दाका २ जनाको सजाय मिनाहा भएको जिल्ला कारागारका निमित्त जेलर सोमप्रसाद आचार्यले जानकारी दिनुभयो ।

आचार्यका अनुसार कर्तव्य ज्यान मुद्दामा ५० प्रतिशत कैद भुक्तान गरेका केपिलासगढी गाउँपालिका–७ सुङदेलका सानकुमार राई, दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका कैलास बहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका पुर्णकुमार तामाङ र रावाबेंशी गाउँपालिका–६ हौंचुर साविक वडा नं. ३ का रामचन्द्र राईको सजाय मिनाहा भएको छ ।

यस्तै, ज्यान मार्ने उधोग मुद्दामा ४० प्रतिशत कैद भुक्तान गरेका दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बु साविक वडा नं.३ का मनोज राई र ज्यान मार्ने उधोग मुद्दामै ५० प्रतिशत कैद भुक्तान गरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका टिक्लु भनिने मिलन राईको पनि सजाय मिनाह भएको जेलर आचार्यले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?