काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमार्फत् उक्त आकारको बजेट ल्याउनु भएको हो ।
बजेट अनुसार चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब विनियोजन गरिएको मन्त्री शर्माले बताउनु भयो ।
सरकारले १२ खर्ब ४० करोड ११ करोड राजश्व उठाउन लक्ष्य लिएको छ । सरकारले २ खर्ब ५६ आन्तरिक ऋण उठाउने र ५५ अर्ब ४६ करोड वैदेशिक अनुदान लिने मन्त्री शर्माले बताउनु भयो।
स्रोत पूर्ति गर्न बाँकी २ खर्ब ४२ अर्ब २६ करोड रुपैयाँ वैदेशिक ऋण लिइने अर्थमन्त्री शर्माले बताउनु भयो। सरकारले चालू आर्थिक वर्षमा १६ खर्ब ३२ अर्बको बजेट ल्याएको थियो ।







सुदर्शन थापाको निर्देशनमा ‘शुभ विवाह’
‘ककाकिकी’ पार्श्व गायनमा अर्जुनको डेब्यु
‘ए मेरो हजुर-५’को शुभमुहूर्त, बडीमालिका
गान्तोकमा नेपथ्यको पहिलो सांगीतिक प्रस्तुति
‘लोकल हिरो’मा अरुण क्षेत्री
‘रोड टु एभरेस्ट’को ट्रेलर सार्वजनिक