रामचन्द्र र गोपाल पहिलो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । रामचन्द्र काफ्ले र गोपाल मोक्तान पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय पारा साइक्लिङ प्रतियोगितामा पहिलो हुनुभएको छ । रामचन्द्र शारीरिक अपांगको एम्पुटी तथा गोपाल कुष्ठरोग प्रभाविततर्फ पहिलो हुनुभएको थियो ।

राष्ट्रिय पारा साइक्लिङ संघको समन्वयमा राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित प्रतियोगिताको शारीरिक अपांगको एम्पुटीतर्फ सुजन भण्डारी दोस्रो तथा कृष्ण गुरुङ तेस्रो हुनुभयो । कुष्ठरोग प्रभावितमा बाबुलाल शरणले रजत तथा विनोद गैरेले कास्य जित्नुभयो ।

विजेतालाई नेपाल पारा ओलम्पिक कमिटीका अध्यक्ष दीपक कोइराला, राष्ट्रिय पारा साइक्लिङ संघका अध्यक्ष प्रकाश चिलवाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । मण्डिखाटारमा भएको एकदिने प्रतियोगितामा १६ प्रतिस्पर्धी सहभागी थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?