संस्कृति र ज्ञान टाइगर फाइनलमा

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । संस्कृति र ज्ञान टाइगर पाठशाला कप एसइई छात्र नकआउट बास्केटबल प्रतियोगितामा शनिबार फाइनलमा प्रवेश गरेका छन् । बानेश्वरस्थित आयोजक पाठशाला नेपाल फाउन्डेसनको कोर्टमा संस्कृतिले हृवाइटफिल्डलाई २१-१७ ले पराजित गर्‍यो । संस्कृतिका सुशान्त अधिकारीले १० अंकको योगदान गर्नुभयो ।

पहिलो क्वाटरमा २-६ ले पछि परेको संस्कृति दोस्रोमा २-२ को बराबरीमा रोकियो । तेस्रोमा ८-४ र चौथोमा ९-५ को अग्रता लिदै संस्कृतिले समग्रमा चार अंकको जित हात पार्दै फाइनल यात्रा तय गर्‍यो ।

आदर्श कार्कीको १४ अंकको सहयोगमा ज्ञान टाइगरले राजश्री गुरुकुललाई ४४-३४ ले हरायो । ज्ञान टाइगरले पहिलोमा १७-५ को अग्रता लियो भने दोस्रोमा १२-१३ को झिनो अन्तरले पछाडि पर्‍यो । ज्ञान टाइगरले तेस्रोमा १३-६ को प्रदर्शन गर्‍यो । चौथोमा राजश्रीले १०-२ को अग्रता बनाए पनि जित हात पार्न सकेन । पहिलो हुनेले १५ हजार तथा दोस्रोले आठ हजार नगद पुरस्कार पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?