नयाँ बजेटमा के-के आयो ?

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं ।

  • बजेटको पहिलो प्राथमिकतामा कृषि क्षेत्र, ‘कृषि उत्पादनको वर्ष’ मनाइने ।
  • कृषि तथा पशु विकास मन्त्रालयका लागि ५५ अर्ब ९७ करोड बजेट विनियोजन ।
  •  सरकारले किसानलाई पेन्सन दिने, एक अर्ब विनियोजन ।
  •  सरकारले वार्षिक ३० प्रतिशतका दरले रोजगारी बढाउने ।
  •  मासिक १० करोडभन्दा धेरै विद्युत् खपत गर्ने उद्योगलाई महसुलमा छुट ।
  •  पर्यटन क्षेत्रका लागि नौ अर्ब ३८ करोड विनियोजन, आगामी वर्ष १० लाख पर्यटक भिœयाउने लक्ष्य ।
  •  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि १० अर्ब ४८ करोड रुपैयाँ बजेट विनियोजन ।
  •  स्वास्थ्य मन्त्रालयलाई ६९ अर्ब ३८ करोड बजेट, पाँच ठाउँमा ट्रमा सेन्टर स्थापना हुने ।
  •  उद्योग सञ्चालनका लागि ५० वर्षसम्म सरकारी जग्गा भाडामा दिने व्यवस्था मिलाइने ।
  •  सरकारी निजी साझेदारीमा औद्योगिक ग्राम स्थापना गरिने, पूर्वाधारलाई तीन अर्ब ७९ करोड बजेट विनियोजन ।
  •  आर्थिक वर्षमा खाद्यान्न आयात २० प्रतिशतले कम गरिने, पाँच वर्षमा व्यापार सन्तुलन ।
  •  सरकारले तीन वर्षभित्र सबै भूमिहीन दलितलाई आवास उपलब्ध गराउने ।
  •  प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि सात अर्ब पाँच करोड विनियोजन, दुई लाखलाई रोजगारी दिने घोषणा ।
  •  विदेशी लगानीको न्यूनतम सीमा पुनरवलोकन गरी दुई करोड कायम गरिने ।
  •  भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुनर्निर्माणका लागि दुई अर्ब बजेट ।
  •  मिर्गौला रोगीहरूलाई निःशुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्था गरिने, १० करोड विनियोजन ।
  •  सर्वोच्चले निर्माणमा रोक लगाएको निजगढ विमानस्थल सरकारले अघि बढाउने ।
  •  हवाई क्षेत्रको विकासका लागि १२ अर्ब २४ करोड बजेट विनियोजन ।
  •  वन तथा वातावरण मन्त्रालयका लागि १३ अर्ब रुपैयाँ बजेट विनियोजन, चुरे संरक्षण कार्यक्रमको लागि दुई अर्ब १७ करोड ।
  •  चक्रपथ बाहिर मेलम्ची खानेपानी पाइप बिछ्याउन एक अर्ब ९२ करोड विनियोजन ।
  •  घट्यो वृद्धभत्ता पाउने उमेर, अब ६८ वर्षदेखि नै दिइने ।
  •  प्राविधिक तथा व्यावसायिक शिक्षा तालिमका लागि आठ अर्ब ३० करोड बजेट विनियोजन ।
  •  युवा तथा खेलकुद मन्त्रालयका लागि दुई अर्ब ४६ करोड बजेट विनियोजन ।
  •  शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका लागि ७० अर्ब पाँच करोड विनियोजन ।
  •  उखु किसानलाई अनुदान दिन ८१ करोड रुपैयाँ विनियोजन ।
  •  रेलमार्ग निर्माणका लागि ६ अर्ब ५३ करोड बजेट विनियोजन ।
  •  स्नातक र स्नातकोत्तर अध्ययन गर्ने विद्यार्थीलाई स्थानीय तहमा न्यूनतम ९० दिन स्वयंसेवा गराइने ।
  •  एलपिजी ग्यासमा दिँदै आएको अनुदान हट्ने, खाना पकाउने ग्यासको मूल्य बढ्ने ।
  •  चितवनबाट काठमाडौं एक घण्टामा पुग्ने द्रुतमार्ग निर्माण गरिने ।
  •  विद्युतीय सवारीको प्रयोग बढाउन ५० स्थानमा चार्जिङ स्टेसन, पेट्रोलपम्प भएकै ठाउँमा बनाइने ।
  •  साउन १ गतेदेखि लागू हुनेगरी सरकारी कर्मचारीको तलबमा १५ प्रतिशतले वृद्धि गर्ने घोषणा ।
  •  पश्चिम सेतीको निर्माण अगाडि बढाइने, पञ्चेश्वरका लागि पनि तयारी ।
  •  स्यानिटर प्याडको आयातमा ९० प्रतिशत कर छुट ।
  •  हेटौँडा कपडा उद्योग सञ्चालन गर्ने सरकारको घोषणा ।
  •  दुई वर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने
  •  २५ जिल्लाका सुत्केरीलाई पाँच हजार रुपैयाँ भत्ता ।
  •  आठ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य ।
  •  ९८ प्रकारका औषधि निःशुल्क ।
  •  ‘स्टार्टअप’का लागि २६ करोड रकम विनियोजन ।
  •  विदेशी नागरिकलाई नेपालमा अपार्टमेन्ट खरिदको बाटो खुला ।
  •  महानगर र उपमहानगरमा आधिकारिक एजेन्टमार्फत मात्रै घरजग्गा कारोबार गर्न पाइने ।
  •  दोलखाको फिल्म सिटी पिपिपी मोडलमा बनाइने ।
  •  आगामी वर्ष सरकारी कार्यालयका लागि गाडी नकिन्ने ।
  •  अनलाइन मिडियाले लोककल्याणकारी विज्ञापन पाउने ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?