काठमाडौं । लोक गायन रियालिटी शो नेपाल लोकष्टार सिजन-२ को डिजिटल अडिशन सुरु भएको छ । दूरदराजका प्रतिभालाई पहुँच दिने उद्देश्यले लोकष्टारमा यसपटक डिजिटल अडिशन सुरुवात गरिएको बताइएको छ ।
आफ्नो मोबाइलमा गीतको भिडियो रेकर्ड गरेर हिमालय टिभीको एपमा अपलोड गरी अडिशनमा सहभागी हुन सकिनेछ । एप चलाउन नसक्ने प्रतिभाले आफ्नो भिडियो सिधै लोकस्टारले उपलब्ध गराएको मोबाइल नम्बरको भाइबर वा हृवाट्सएपमार्फत पठाउन पनि सकिने जनाइएको छ ।
आफूलाई मन परेको कुनै गीतको एक मिनेटसम्मको भिडियो रेकर्ड गरी अडिशनमा सहभागी हुन सकिनेछ । प्राप्त अडिशनमध्येबाट छानिएका एक सय जनालाई मेगा अडिशनमा सहभागी बनाइनेछ । लोकस्टारमा ८ वर्षदेखि ७० वर्षसम्मका प्रतिभाहरूले प्रतिस्पर्धा गर्न पाउनेछन् ।
विजेताले २० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् । यस्तै देश तथा विदेशका कन्सर्ट र चर्चित संगीतकार तथा एरेन्जरसँग गीत रेकर्डको अवसरसमेत पाउनेछन् ।
लोकस्टारको पहिलो सिजन एपी वान टेलिभिजनमा प्रसारण भएको थियो, जसलाई चाहना मिडियाले निर्माण गरेको थियो । नेपाल लोकस्टारलाई हिमालय टेलिभिजनले खरिद गरेसँगै लोकस्टारको दोस्रो सिजन हिमालय टेलिभिजनले उत्पादन र प्रसारण गर्नेछ । डेढ महिनाभित्र प्रसारण सुरु गर्नेगरी तयारी भइरहेको जनाइएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कला क्षेत्रबाहेक मैले आफूलाई अलग
प्राथमिकतामा जिउँदा कि स्वर्गीय ?
कविता : निमन्त्रणा छ बालेन