मेघगर्जन/चट्याङसहित हल्का वर्षाको संभावना

Read Time = 2 mins

काठमाडौं। नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। जसले गर्दा मौसममा सुधार आउन सकेको छैन ।

आज (सोमबार) बिहान देशका केही स्थानमा आंशिकदेखि सामान्य बदली छ। प्रदेश नम्बर–१ र मधेश प्रदेशमा वर्षा भइरहेको छ। अरू भू–भागमा आंशिक बदली छ। प्रदेश–१ र मधेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो प्रदेश–१, मधेस, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती र गण्डकीका थोरै स्थानमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यस्तै राति प्रदेश–१, मधेश, वाग्मती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । मधेसका थोरै भू–भागमा हल्कादेखि मध्यम वर्षा र प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन्चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशका केही स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?