काठमाडौं । तारा एयरले आइतबारदेखि बेपत्ता जना १४ हजार ५०० फिट माथि दुर्घटनामा परेको जनाएको छ ।
तारा एयरले सोमबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘मिति २०७९ जेठ १५ तदअनुसार २९ मे २०२२ आइतबार बिहान पोखराबाट जोमसोमतर्फ ९ः५५ बजे उडेको तारा एयरको ९ एन-एईटी, डीएचसी-६ ट्विनअटर वायुयान मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका वडा नम्बर २ को सानुसरे भीरमा १४,५०० फिटको उचाईमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी गराउँदा स्तब्ध छौँ।’
विज्ञप्तिमा वायुयान अन्तिमपटक जोमसोम टावरसँग आइतबार बिहान १० बजेर ७ मिनेट जाँदा घोडेपानीबाट सम्पर्कमा आएपछि सम्पर्कविहीन भएको थियो।
प्रतिकूल मौसम तथा जटिल भूगोलका बाबजुद पनि नेपाल नागरिक उड्ययन प्राधिकरण, खोज तथा उद्धार समन्वय केन्द्रमार्फत आज बिहानैदेखि हवाई तथा स्थलमार्गबाट खोजी गर्दा दुर्घटनास्थल फेला परेको र हाल उद्धार भइरहेको पनि जनाइएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच