पोखरा । पोखरा-जोमसोम रुट निकै त्रासपूर्ण छ । विगत हेर्दा यहाँ ठूला ठूला दुर्घटना भएको देखिन्छ । आजभन्दा सात वर्षअघि १२ फागुन २०७२ तारा एयरकै विमान दुर्घटना भयो । म्याग्दीमा दुर्घटना भएको यो दुर्घटनाबाट २३ जनाको ज्यान गएको थियो ।
१ जेठ २०६९ मा अग्नि एयरको विमान जोमसोममा दुर्घटना भयो । विमानस्थल नजिकै पानी टंकीमा दुर्घटना हुँदा १५ जनाले यसमा ज्यान गुमाए । २०५६ सालमा पनि जोमसोम रुटमै पर्ने म्याग्दीको नारच्याङमा लुम्बिनी एअरको विमान दुर्घटना हुँदा चालक दलसहित १८ जनाको ज्यान गएको थियो ।
३ भदौ २०५९ मा जोमसोमबाट पोखरा फर्किएको सांग्रिला एयरको विमान पोखरामा दुर्घटना भयो । तत्कालीन समयमा १८ जनाको मृत्यु भएको थियो । २०७३ साल भदौमा तारा एयरकै जहाज धावनमार्गबाट चिप्लिएर कालीगण्डकीमा खस्यो । तर तत्कालीन समयमा मानवीय क्षति थिएन ।
गण्डकी क्षेत्रमा दुर्घटना भएका जहाजहरु अरु पनि छन् । २०१९ सालमा बागलुङको ढोरपाटनमा नेपाल वायूसेवा निगमको जहाज दुर्घटना हुँदा १० जनाले ज्यान गुमाए । सोही वर्ष नेपाल वायुसेवा निगमकै जहाज ढोरपाटनमै दुर्घटना भयो, ६ जनाको मृत्यु भयो ।
आठ वर्षपछि २०२७ सालमा रोयल लाइट जोमसोममा दुर्घटना हुँदा एक जनाले ज्यान गुमाए । १८ वर्षअघि २०६२ सालमा यति एयरलाइन्सको विमान लमजुङमा दुघर्टनामा पर्दा तीन जनाले ज्यान गुमाएका थिए ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
तिलाको नीति तथा कार्यक्रम :
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल