हावाहुरीसहित हल्का वर्षाको सम्भावना

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ । जसले गर्दा मौसममा सुधार आउन सकेको छैन ।

आज (मंगलबार) प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ मा थोरै स्थानहरूमा र बागमती प्रदेश, गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?