जुम्लाका यार्सा पाटनमा भिडभाड, गाउँ बस्ती रित्तै

हिमालय टाइम्स
Read Time = 4 mins

जुम्ला । जुम्लाका स्थानीय यार्सागुम्बा संकलन गर्न पाटनतर्फ लागेका छन् । यहाँका बासिन्दाको मुख्य आर्थिक स्रोत यार्सागुम्बा संकलन सिजन सुरू भएपछि जुम्लाका अधिकांस ग्रामिण बस्ती रित्तिएका छन भने पाटन जानेको लर्काे लागेको छ ।

यार्सागुम्बा संकलनको लागि तातोपानी, गुठीचौर, तिला, पातारासीलगायत ग्रमीण क्षेत्रका सर्वसाधारण पाटनतर्फ जाने गरेका छन् । १ जेठबाट जुम्ला पातारासी क्षेत्रका युवा मात्रै होइन युवायुवती र वृद्धवृद्धासम्म बच्चा बोकेर पाटनतर्फ लागेका हुन् ।

स्थानीय तह निर्वाचन सकिएलगत्तै सबै युवायुवती, वृद्धवृद्धा पाटनतिर गएको पातारासी गाउँपालिका-२ तल्फिका ५९ वर्षीय भैरब बोहोराले बताउनुभयो । उहाँले भन्नुभयो, ‘१८ वर्षभन्दा माथि ५० वर्षमुनिका सबै स्थानीयवासी यार्सागुम्बा संकलन गर्न गएका छन् । तल्फी हुरीमहरी पेरे गडिगाउँ चौर छुमगाउँ सबैका घरमा ताला लगाएर गएका छन् ।’

खेतिपाती खासै नभएकाले यसले वर्षभरि खान नपुग्ने उनले बताए । यसले गर्दा स्थानीयवासीको मुख्य जीविकोपाजर्नको स्रोत नै जडिबुटी हो । घरको उत्पादनले बाह्रै महिना खाना पुग्दैन । घर खर्चदेखि बालबच्चालाई स्कुल पढाउन लेखाउँन, लुगाफाटो किन्न समेत यार्सा संकलन गर्न जानुको वकल्प छैन । बोहोराले भन्नुभयो, ‘मकै, आलु, कोदो, चिन्नु गोड्मेल र घरायसी सबै काम महिलाले गर्दछन् । घरको सबै सामान जोहो गर्न यार्साकै भर पर्नु पर्ने अवस्था छ ।

यार्सा टिप्न गएका सबै फर्किँदैन

गाउँमा रोजगारीको कुनै उपाय नहुँदा जीविकोपार्जनका लागि यार्सा टिप्न पाटन जानेमध्ये लेक लागेरबीच बाटोमै मृत्यु हुनेसमेत गरेको छ ।

‘कसैले अम्दानी गरेर आउँछन्, कसैको ज्यानै गुमाउँछन् ।’ पातारासी-२ का ६८ वर्षीय कालीबहादुर सार्कीले भन्नुभयो, ‘बढ्दो गरिबी र बेरोजगारीको कारणले ज्यानको बाजी राखेर यर्सा संकलन गर्न जाने गर्छन । यार्सा टिप्न सक्नेले ५० हजारदेखि चार लाखसम्म कमाउँछन् ।’

कोही उल्टै ऋण थपेर आउँछन् । उहाँले थप्नुभयो, यो एउटा ठूलो युद्व जित्नु र हार्नु बराबर मानिन्छ । प्रत्येक वर्ष पातारासीका मात्रै होइन जुम्लाका अधिकांस नागरिक ज्यान बाजी राखेर पाटन जाने गरेका छन् ।

पाटन जानुअघि देवताको भाकल

पातारासीका कालीबहादुर सार्कीका अनुसार हिन्दुधर्म परम्पराअनुसार पाटन जाने अघिल्लो दिन घरमा धामीझाँक्री बोलाएर देवता भाकल गरिन्छ । त्यहि धामीले दिन दिए अनुसार पाटन जाने गरेका हुन्छन् ।

धामीले घर छोडेर जाने दिन, शुभ छ अथावा अशुभ छ सबै जानकारी दिन्छन् । कतिपयत धामीझाँक्रीका विश्वासले घरमै रोकिने गर्छन् ।

देवतासँग दिन मागेर जाने गरेको भएपछि पाटनमा हुने अक्सिजन अभावले (लेक) लागेर मर्ने गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?