ज्ञान टाइगरलाई उपाधि

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ज्ञान टाइगरले पाठशाला कप एसइई छात्र नकआउट बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ । बानेश्वरस्थित आयोजक पाठशाला नेपाल फाउन्डेसनको कोर्टमा भएको फाइनलमा ज्ञान टाइगरले संस्कृतिलाई ५२-२२ ले सहजै पराजित गर्‍यो । ज्ञान टाइगरका धनराज सरु मगरले सर्वाधिक २० अंक जोड्नुभयो । धनराज नै ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुनुभयो ।

पहिलो क्वाटरमा १२-९ को अग्रता बनाएको ज्ञान टाइगरले अन्तिमसम्म अग्रतालाई कायम राख्दै जित अन्तर फराकिलो बनायो । ज्ञान टाइगरले दोस्रोमा ८-२, तेस्रोमा २४-४ र चौथोमा ८-७ अंक जोड्यो ।

संस्कृतिका सुशांक अधिकारी प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बन्नुभयो । उहाँले प्रतियोगिताभर ४२ स्कोर गर्नुभयो । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य-सचिव रमेशकुमार सिलवाल, पाठशालाका प्रबन्ध निर्देशक टंक आचार्य, प्रमुख कार्यकारी अधिकृत ईश्वर अधिकारी, प्रिन्सिपल विश्वनाथ कँडेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । तीनदिने प्रतियोगितामा आठ टिमले प्रतिस्पर्धा गरेको पाठशालाका बास्केटबल प्रशिक्षक अंकित श्रेष्ठले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?