काठमाडौं । नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाही प्रशिक्षणका लागि नेदरल्यान्ड्स प्रस्थान गर्नुभएको छ । नेपाल भलिबल संघको पहल र नेदरल्यान्ड्स भलिबल संघको निमन्त्रणामा उहाँ प्रशिक्षणका लागि सोमबार त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
राष्ट्रिय टोलीसँग बाहेक अरुणा पहिलोपटक औपचारिक रूपमा वैदेशिक प्रशिक्षणका लागि जान लाग्नुभएको हो । अरुणा नेपाली महिला टोलीकी सर्वाधिक सफल कप्तानसमेत हुनुहुन्छ । उहाँको नेतृत्वमा नेपालले लगातार दुईपटक एभिसी एसियन सेन्ट्रल जोनको उपाधि उचालेको थियो ।
सन् २०१९ मै स्वदेशमा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले रजत पदक जितेको थियो । साग इतिहासमा नेपाल फाइनल पुगेको त्यो पहिलो अवसर थियो । त्यही वर्षदेखि नै अरुणाले नेपाली टोलीको कप्तानी सम्हाल्न थाल्नुभएको हो ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
तिलाको नीति तथा कार्यक्रम :
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल