काठमाडौं । नेपालमा नवप्रवर्तनकारी व्यवसाय (स्टार्टअप) प्रवद्र्धन लागि कन्फेडेरेसन अफ नेप्लिज इन्डस्ट्रिज योङ इन्टरप्रिनियर्स फोरम (सिएनआइवाइइएफ) ले आगामी जुनमा काठमाडौंमा ‘सिएनआइवाइइएफ नेपाल स्टार्टअप फेस्ट’ आयोजना गर्ने भएको छ ।
उक्त कार्यक्रमममा स्वदेशी तथा विदेशी उद्यमी, लगानीकर्ता, विद्यार्थी, बुद्धिजीवी, पत्रकारलगायत तीन हजारभन्दा बढीको सहभागिता रहने आयोजकले जनाएको छ ।
नेपालमा स्टार्टअपलाई अभियानका रूपमा अघि बढाउने र नवप्रवर्तनकारी व्यवसायलाई अर्थतन्त्रको महत्वपूर्ण अंगका रूपमा स्थापित गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागेको आयोजक संस्थाका अध्यक्ष अमुन थापाले जानकारी दिनुभयो ।
स्टार्टअप अघि बढाउन सरकारले विभिन्न नीतिगत व्यवस्था गरेको भन्दै उहाँले सोको कार्यान्वयनका लागि संस्थाले सरकारसँग सहकार्य गर्न सक्ने बताउनुभयो । उक्त कार्यक्रम स्टार्टअपले लगानीको प्रस्ताव पेश गर्न सक्ने व्यवस्थासमेत मिलाइएको उहाँले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच