मंगलमको बिक्री २०६ प्रतिशतले वृद्धि

Read Time = 2 mins

काठमाडौं । पाइप तथा फिटिङ्स उत्पादक मंगलम इन्डस्ट्रिजको बिक्री एक वर्षमै २०६ प्रतिशतले बढेको छ । रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार २०२१ मा एक अर्ब ५० लाखको कारोबार गरेको मंगलमले २०२२ को पहिलो सात महिनामा ५९ करोड १० लाख रुपैयाँसम्मको कारोबार गर्ने जनाएको छ । कम्पनीले २०१८ मा ३७ करोड र २०१९ मा ५१ करोडको व्यापार गरेको थियो भने २०१९ को तुलनामा २०२० मा कोरोना महामारीका कारण कम्पनीको कारोबार ३६ प्रतिशतले घटेको थियो ।

कम्पनीका प्रबन्ध निर्देशक अभिनव चुरिवालले भन्नुभयो, ‘लगातार दुई वर्षको कोरोना महामारीले सुस्ताएको व्यापारले महामारीको अन्त्यसँगै पुनः गति लिन थालेको छ । यसै सिलसिलामा हाम्रो बिक्री पनि २०६ प्रतिशतले वृद्धि भएको छ । निर्माण व्यवसायसम्बन्धी गतिविधि पुरानै लयमा फर्किन थालेपछि हाम्रो बिक्री पनि बढेको हो ।

हाम्रा उत्पादनको गुणस्तरीयता र उपभोक्ताको अटुट विश्वास र हाम्रा कर्मचारीको कम्पनीप्रतिको लगाव र परिश्रमले गर्दा यो सब सफल भएको हो ।’ कम्पनीका अनुसार मंगलमका सबै उत्पादन उच्च गुणस्तरीय जापानी कच्चा पदार्थ र अत्याधुनिक जर्मन प्रविधि प्रयोग गरेर नेपालमै बनाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
विभिन्न जिल्लामा लागूऔषधसहित ३५ जना पक्राउ नाइमा नेपाल मोबिलिटी एक्स्पोमा दर्शकको घुइँचो वर्तमान सरकार ‘कामचलाउ’ मात्र, मध्यावधि निर्वाचनको सम्भावना छ : डा. शशांक कोईराला प्रवासी नेपालीलाई ढुक्क भएर लगानी गर्न अर्थमन्त्री डा. वाग्लेको आह्वान देउवाको आलोचना होइन, आत्मसमीक्षा गर्न कांग्रेस नेता खड्काको आग्रह ललितपुर महानगरद्वारा पुनर्निर्माण गरिएको सप्तपाताल पोखरीको उद्घाटन मकवानपुरमा एक वर्षमा ३१ जना एचआईभी संक्रमित थपिए लहान अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालन गरिने : मन्त्री मेहता लहान अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालन गरिने : मन्त्री मेहता लामवद्ध नागरिक भन्छन्ः दिनभर कुर्दा पनि ग्यास पाएनौँ (तस्बिरसहित)