काठमाडौं । पाइप तथा फिटिङ्स उत्पादक मंगलम इन्डस्ट्रिजको बिक्री एक वर्षमै २०६ प्रतिशतले बढेको छ । रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार २०२१ मा एक अर्ब ५० लाखको कारोबार गरेको मंगलमले २०२२ को पहिलो सात महिनामा ५९ करोड १० लाख रुपैयाँसम्मको कारोबार गर्ने जनाएको छ । कम्पनीले २०१८ मा ३७ करोड र २०१९ मा ५१ करोडको व्यापार गरेको थियो भने २०१९ को तुलनामा २०२० मा कोरोना महामारीका कारण कम्पनीको कारोबार ३६ प्रतिशतले घटेको थियो ।
कम्पनीका प्रबन्ध निर्देशक अभिनव चुरिवालले भन्नुभयो, ‘लगातार दुई वर्षको कोरोना महामारीले सुस्ताएको व्यापारले महामारीको अन्त्यसँगै पुनः गति लिन थालेको छ । यसै सिलसिलामा हाम्रो बिक्री पनि २०६ प्रतिशतले वृद्धि भएको छ । निर्माण व्यवसायसम्बन्धी गतिविधि पुरानै लयमा फर्किन थालेपछि हाम्रो बिक्री पनि बढेको हो ।
हाम्रा उत्पादनको गुणस्तरीयता र उपभोक्ताको अटुट विश्वास र हाम्रा कर्मचारीको कम्पनीप्रतिको लगाव र परिश्रमले गर्दा यो सब सफल भएको हो ।’ कम्पनीका अनुसार मंगलमका सबै उत्पादन उच्च गुणस्तरीय जापानी कच्चा पदार्थ र अत्याधुनिक जर्मन प्रविधि प्रयोग गरेर नेपालमै बनाइन्छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कला क्षेत्रबाहेक मैले आफूलाई अलग
प्राथमिकतामा जिउँदा कि स्वर्गीय ?
कविता : निमन्त्रणा छ बालेन