काठमाडौं । काठमाडौंदेखि भोटेचौरसम्मको एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न भएको छ । टिभिएस मोटर कम्पनीको नेपालस्थित आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले काठमाडौंदेखि भोटेचौरसम्मको राइड आयोजना गरेको हो ।
शनिबार आयोजित राइड काठमाडौंको महालक्ष्मीस्थानस्थित टिभिएसको युनिराइड सोरुमबाट सुरु भएर बालकुमारी, तीनकुने एयरपोर्ट, गौशाला, चाबहिल, जोरपाटी, मूलपानी, साँखु हुँदै भोटेचौर हेवन हिल रिसोर्टसम्म पुगेको थियो । राइडमा सहभागीबीच एकतामूलक विभिन्न गेम खेलाइएको थियो ।
राइडमा टिभिएस एनटर्कका ७० जना राइडरका साथै प्रसिद्ध मोटो भ्लगरहरू राजकुमार थापा मगर, अलिशा खड्गी, ठकुरी भ्लग, आशिष भ्लगको उपस्थिति थियो । नेपालकी प्रसिद्ध महिला बडी बिल्डर सनम मूलघुटी, प्रसिद्ध पुरुष बडी बिल्डर अमित चन्द्र आर्या र कलाकार उषा उप्रेती र विपिन श्रेष्ठको पनि सहभागिता रहेको जगदम्बा मोटर्सका मार्केटिङ नायब कार्यकारी प्रमुख विक्रम पौडेलले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच