जेठ २६ गतेदेखि आईपीओ निष्काशन गर्दै दोर्दी खोला

Read Time = 2 mins

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले जेठ २६ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई छुट्टाइएको शेयर बाँडफाँट गरी बिक्री हुन बाँकी रहेको दुई लाख ९७ हजार ८४० कित्तासहित गरी प्रतिकित्ता १०० अंकित दरका २१ लाख ९५ हजार ५०९ कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।

निष्काशन गरिएको कुल शेयरमध्ये ३ प्रतिशत अर्थात ६५ हजार ८६५ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भन ५ प्रतिशत अर्थात एक लाख नौ हजार ७७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी २० लाख १९ हजार ८३९ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १७ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा जेठ ३१ गते हुनेछ भने सो अवधिसम्म आवेदन नपरेमा आवेदन दिने म्याद असार ९ गतेसम्म लम्बिनेछ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाले कम्पनीलाई इक्राएनपी आईआर डबल बी माइनस रेटिङ प्रदान गरेको छ। यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?