इस्कोले रियल मड्रिड छाड्ने

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । रियल मड्रिडका मिडफिल्डर इस्कोले समरमा क्लब छोड्ने घोषणा गरेका छन् । सन् २०१३ मा मालागाबाट मड्रिड अनुबन्धित भएका इस्कोले क्लबबाट २५० खेल खेलेका छन् ।

स्पेनिस मिडफिल्डर इस्कोले रियल मड्रिडबाट पाँच च्याम्पियन्स लिग र तीन ला लिगाको उपाधि जितेका छन् । यद्यपि, पछिल्लो केही सिजनयता भने इस्को रियलको धेरैजसो खेलमा बेन्चमा सीमित बन्दै आएका थिए ।

‘म मेरा सम्पूर्ण सहकर्मी, प्रशिक्षकहरु, स्टाफ, र सम्पूर्ण व्यक्तिहरुमा धन्यवाद व्यक्त गर्न चाहन्छु, जो सान्टियागो बर्नबेउसँग जोडिन्छन्। गूडबाई हाला मड्रिडका’, इस्कोले भनेका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?