‘मुद्रास्फीति र बेरोजगारी उपहार’

Read Time = 1 min

इस्लामावाद । पाकिस्तानी प्रधानमन्त्री शेहबाज सरिफले खैबर पख्तुनख्वाका मुख्यमन्त्री महमुद खानलाई खाद्यान्नको उपलब्धतालाई सामान्य र सुलभ बनाउन निर्देशन दिनुभएको छ । उहाँले राज्य सरकारले आगामी २४ घण्टाभित्र प्रति १० किलोग्राम गहुँको पीठोको मूल्य चार सय रुपैयाँ बनाउन नसकेमा यसका लागि आफूले पहल थाल्ने बताउनुभएको छ ।

पूर्वप्रधानमन्त्री इमरान खानलाई लक्षित गर्दै उहाँले मुलुकलाई सबैभन्दा बढी मुद्रास्फीति र बेरोजगारीको उपहार दिएको आरोप लगाउनुभयो । इमरान खानको नेतृत्वमा भएको सरकारको आलोचना गर्दै खानले गरिबका लागि ५० लाख घर र १० लाख रोजगार प्रदान गर्ने प्रतिज्ञा गरे तापनि यसमा असफल भएको र देशलाई आर्थिक संकटमा धकेलको आरोप शेहबाजले लगाउनुभयो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?