काठमाडौं । गणतन्त्र दिवसको अवसर चार कविताकृति एकसाथ विमोचन गरिएको छ । ‘भूगोल साहित्य समाज’द्वारा सार्वजनिक कृतिमा अभिव्यञ्जना संयुक्त छेस्का कविता संग्रहसहित ओम आचार्यको फूलको हार्दिकता, एलपी पराजुलीको छनक र काव्य सुधा रहेको छ । प्रकाशित काव्य कृतिहरू प्रमुख अतिथि प्राज्ञ देवी नेपाल, किरणकुमार श्रेष्ठसहितले संयुक्त रूपमा गर्नुभएको थियो ।
अभिव्यञ्जनामा कविहरू ओम आचार्य, किशन पौडेल, खगेन्द्र प्रसाद बस्याल, जयनारायण नेपाल, टंक पन्थ, मुरारीराज मिश्र, एलपी पराजुली, विनोद नेपाल र हृदय लेकालीका छेस्का कविताहरू संगृहित छ ।
कवि पराजुलीको कृति छनक छेस्का कवितासंग्रह र काव्य-सुधा रम्बा संग्रह भएको भूगोलले जनाएको छ । कार्यक्रममा टंक पन्थले फूलको हार्दिकता र छनक तथा दीपक सुवेदीले काव्य-सुधामाथि समीक्षा गर्नुभएको थियो । कार्यक्रममा डा.देवी नेपाल, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलगायतले बोल्नुभएको थियो ।
सो अवसरमा भारतको दार्जिलिङबाट आएका साहित्यकार, नेपाली भाषा आन्दोलनका योद्धा प्रा.तेजमान बराईलीलाई समाजले सम्मान गरेको थियो । कार्यक्रममा दार्जिलिङबाट आएका भाषासेवीहरू डा.शुक्रराज दियाली, प्रा.तेजमान बराइलीलगायतले पनि बोल्नुभयो ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :