काठमाडौं । शहीद स्मारक ‘सी’ डिभिजन लिगअन्तर्गत अन्तिम चरणको खेल तालिका परिवर्तन गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार अन्तिम चरणको खेल तालिका परिवर्तन भएको जनाएको छ ।
परिवर्तित तालिकाअनुसार ‘बी डिभिजन लिगमा बढुवा नजिक रहेका प्लानिङ ब्वाइज युनाइटेड र आरसी ३२ फुटबल एकेडेमीले खेल्ने खेल एकै दिन र एकै समयमा राखिएको छ । प्लानिङले अन्तिम खेलमा ओसिस क्लबसँग खेल्नेछ । यस्तै आरसीले स्पोर्ट्स एकेडेमी संघसँग खेल्नेछ । यी खेलहरू जेठ २० गते हुनेछन् ।
२८ अंक जोडेको प्लानिङ दोस्रो स्थानमा रहेको छ । समान अंक जोडेको आरसी ३२ तेस्रो स्थानमा रहेको छ । झापा फुटबल क्लब बी डिभिजनमा बढुवा भइसकेको छ । सोमबार भएको १२औँ राउन्डको खेलमा वीरगञ्ज युथ एकेडेमीमाथि ५-० को फराकिलो जित निकाल्दै झापा एक खेल बाँकी छँदै ‘बी’ डिभिजनमा बढुवा भएको हो ।
शीर्षस्थानमा रहेको झापाले १२ खेलबाट ३१ अंक जोडेको छ । झापाले प्लानिङ ब्वाइज युनाइटेड र आरसी ३२ फुटबल एकेडेमीविरुद्ध ३ अंकको अग्रता लिँदै बी डिभिजनमा स्थान बनाएको हो । ब्वाइज र आरसीको समान २८ अंक छ । झापाले आरसी ३२ लाई हराएको छ । झापाले आफ्नो खेलमा हार भोग्ने र आरसी ३२ ले जितेको अवस्थामा हेड टु हेडमा झापा नै माथि रहनेछ ।
झापाले १२ खेल खेल्दा १० जित, समान एक बराबरी र हारको नतिजा निकालेको छ । अब प्लानिङ ब्वाइज र आरसी ३२ मध्येबाट एक टोली बढुवा हुनेछ । यस्तै वीरगञ्ज युथ एकेडेमी र ओसिस क्लब रेलिगेसनमा परिसकेको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका