सलाहलाई फ्यान्स प्लेयर अवार्ड

Read Time = 2 mins

लन्डन । इंग्लिस क्लब लिभरपुलका फरवार्ड मोहम्मद सलाहले इंग्लिस प्रिमियर लिगको पिएफए फ्यान्स प्लेयर अफ दी अवार्ड पाउनुभएको छ । सलाहले म्यानचेस्टर सिटीका बेल्जियन मिडफिल्डर केभिन डि बु्रएनालाई पछि पार्दै उक्त अवार्ड जित्नुभएको हो ।

२० क्लबका कप्तान र फुटबल विशेषज्ञहरूको भोटका आधारमा उक्त अवार्डको विजेता घोषणा गरिएको थियो । डि बु्रएनाबाहेक फ्यान्स अवार्डको प्रतिस्पर्धामा फिल फोडेन, कोनोर गालाघर र डेक्लान राइसलाई पनि फ्यान भोटका लागि मनोनयन गरिएको थियो ।

डि बु्रएना भने प्रिमियर लिग प्लेयर अफ द सिजन घोषित हुनुभयो । सलाहले लिभरपुलका लागि यस सिजनमा २३ लिग गर्नुका साथै १३ गोलमा सहायकको भूमिका निर्वाह गर्नुभएको थियो ।

सलाहले यस सिजनमा ३६ गोल गर्दै सन हृयुङ-मिनसँग गोल्डेन बुट सम्मान बाँड्नुभएको थियो । बु्रएनाले भने यस सिजनमा २३ गोल गर्नुभयो । यो सिजन सलाहले एफए कप र काराबाओ कप र बु्रएनाले प्रिमियर लिग जित्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?