काठमाडौं । नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य उषा भण्डारी सम्मिलित दिबेही सिफान्जी क्लबले माल्दिभ्स भलिबल एसोसिएसन कप २०२२ मा हार बेहोरेको छ । माल्दिभ्सको मालेमा सोमबार राती भएको खेलमा भण्डारी सम्मिलित टोली न्यु जेनेरेसन क्लबसँग ३-० को सोझो सेट पराजित भएको हो ।
एकपक्षीय खेलमा दिबेहीले न्यु जेनेरेसनसँग २५-१९, २५-१४ र २५-१३ को सेटमा हार बेहोर्यो । दिबेहीको यो लगातार दोस्रो हार हो । यसअघि पहिलो खेलमा जित निकालेको दिबेही दोस्रो खेलमा नेपालकै कामना विष्ट सम्मिलित पुलिस क्लबसँग सोझो सेटमा पराजित भएको थियो ।
कामना र उषाले घरेलु भलिबलमा विभागीय नेपाल पुलिस क्लबबाट व्यावसायिक खेल खेल्ने गर्छन् । कामना र उषाको यो पहिलोपटक विदेशी लिग खेल हो । लिगमा १० टोलीको सहभागिता रहेको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका