बाढीमा परेर ब्राजिलमा कम्तीमा ९१ जनाको मृत्यु

Read Time = 1 min

रियो डि जेनेरियो । भारी वर्षा र त्यसपछि आएको बाढीमा परेर ब्राजिलमा मृत्यु हुनेको संख्या कम्तीमा पनि ९१ जना पुगेको छ । केही दिनयदेखि यहाँ भारी वर्षा भइरहेको छ । उत्तरी ब्राजिलको रेसिफ शहर र त्यस वरपरको भारी वर्षामा परेर अधिकांशको ज्यान गएको अधिकारीले जनाएका छन् ।

ब्राजिलको उत्तर पश्चिमी प्रेनाम्बुकको राज्यमा शुक्रबारदेखि पानी परिरहेको छ । भारी वर्षा र त्यसपछिको बाढीले पछिल्लो समयसम्म २६ जना स्थानीय नागरिक हराइरहेका उद्धारमा खटिएका अधिकारीहरूले जानकारी दिएका छन् ।

अलागोस राज्यमा वर्षाले गर्दा धेरै मानिस विस्थापित हुन पुगेका छन् । उत्तरी ब्राजिलका विभिन्न १४ वटा नगरपालिकामा गरेर ती नागरिकको ज्यान गएको र कम्तीमा पनि पाँच हजार जना विस्थापित हुन पुगेका छन् । रेसिफ शहरको नजिकै गएको पहिरोमा परेर गएको शनिबार २० जनाको ज्यान गएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?