नयाँदिल्ली । भारतको दिल्ली सरकार स्वास्थ्य मन्त्री सत्येन्द्र जैन सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका छन् । अरविन्द केजरीवाल सरकारका स्वास्थ्य मन्त्री जैन सन् २०१५ देखि सन् २०१६ मा कोलकाताको एक फर्मसँगको लेनदेनमा संलग्न भएको आरोपमा पक्राउ परेका हुन् ।
भारतको केन्द्रीय अनुसन्धान व्युरो (सीबीआई) ले जैन र उनको परिवारविरुद्ध अगस्ट २०१७ मा १ अर्व ६२ करोड भारतीय रुपैयाँ अकुत सम्पति आर्जन गरेको भन्दै मुद्दा दायर गरेको थियो ।
जैन पक्राउ परकोमा आम आद्मी पार्टीले भने विरोध गरेको छ । दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियाले सत्येन्द्र जैनविरुद्ध आठ वर्षदेखि झूटो मुद्दा चलाइएको प्रतिक्रिया दिनुभएको छ । हिमाचल इन्चार्जसमेत रहेकाले जैनलाई निशानामा राखिएको उहाँले बताउनुभएको छ । हिमाचलमा यसै वर्ष विधानसभा चुनाव हुँदैछ । केही दिनअघि पञ्जाव सरकारका स्वास्थ्यमन्त्री पनि ठेकेदारसँग घुस मागेको आरोपमा पक्राउ परेका थिए ।
केही साताअघि भएको विधान सभा निर्वाचनमा आम आद्मीले दिल्लीको अतिरिक्त पञ्जाव राज्यमा आश्चर्यजनक सफलता प्राप्त गरेको थियो । भ्रष्टचार र अनियमिततालाई जरैदेखि उन्मूलन गर्ने आम आद्मीले उद्घोष गर्दै आएको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच