काठमाडौं । समाजसेवी तथा व्यवसायी ताराबहादुर कुँवरले आफ्नो जन्मथलो काभ्रे जिल्लाको भुम्लु गाउँविकास समिति वडा-४ काभ्रेदेखि कोड्कासम्म पिता दीपबहादुर कुँवरका नाममा मोटरबाटो निर्माण गर्नुभएको छ । आफ्नो निजी खर्च २४ लाख रुपैयाँको लागतमामा २०६७ सालमा सुरु भएको उक्त मोटरबाटो हालै सम्पन्न भएको हो । तीन किलोमिटर लम्बाइको उक्त मोटरबाटाको ‘दीपबहादुर कुँवर मार्ग’ नामकरण गरिएको छ । उक्त मार्गको हालै एक कार्यक्रमबीच उद्घाटन गरियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि अरनिको यातायात व्यवसायी संघका अध्यक्ष तथा समाजसेवी चित्रबहादुर कुँवरले उक्त मार्गको उद्घाटन गर्नुभएको थियो । गाउँपालिकाबाट उक्त मोटर बाटो निर्माणका लागि पाँच लाख रुपैयाँ प्राप्त भएको थियो । विभिन्न दाताबाट जग्गा प्राप्त गरी निर्माण कार्य सुरु गरिएको उक्त मार्गमा हालसम्म ४५ लाख रुपैयाँ खर्च भएको बताइएको छ ।
हाल सरकारी प्राविधिकबाट मूल्यांकन गराउने हो भने ३ करोडको काम भएको कुँवर बताउनुहुन्छ । उक्त बाटो निर्माणका क्रममा ताराबहादुर कुँवरले आवश्यक ब्रेकर, एक्सज्याभेटर लगायत उपकरण आफ्नै प्रयोग गर्नुभएको थियो ।
यसकारण कम लागतमै बाटो तयार भएको उहाँ बताउनुहुन्छ । आफ्ना पिताका नाममा बाटो निर्माण गर्नुको उद्देश्य भावी पुस्ताका लागि अभिलेख रहोस् र अरूले पनि यसैगरी आफ्ना पितापुर्खाका नाममा विभिन्न स्मरणयोग्य कार्यहरू गरून् भन्ने रहेको समाजसेवी कुँवर बताउनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच