‘डियर भ्याक्सिन’ उपन्यास र अडियो सार्वजनिक

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ओएस नेपालको आयोजनामा ओएस नेपालद्वारा प्रकाशित वरिष्ठ साहित्यकार एवं गीतकार सुरेन्द्र महर्जन ‘अमर’द्वारा लिखित उहाँको ३०औं कृति कोरोना महामारीको समयमा लेखिएको ‘डियर भ्याक्सिन’ उपन्यासक एक समारोहबीच सार्वजनिक गरिएको छ । उपन्यास सार्वजनिक गर्दै वरिष्ठ साहित्यकार प्रा.डा.गार्गी शर्माले सुरेन्द्र महर्जन अमरको साहित्यिक यात्राको बारेमा प्रकाश पर्नु हुँदै सफलताको कामना गर्नुभयो ।

सार्वजनिक समारोहमा उपन्यास ‘डियर भ्याक्सिन’को अडियो साहित्यकार एवं उपन्यासकार संघका अध्यक्ष शंकर भारतीले सार्वजनिक गर्दै, धेरै पहिलादेखि साहित्य लेखनमा लागेर कथा, कविता, गीत, हाइकु, तान्का र उपन्यास लेख्नुहुने साहित्यकार ‘अमर’को बारेमा बोल्नुभएको थियो । उपन्यासको अडियोमा आफ्नो स्वर दिएर सहयोग गरिदिने भाष्कर श्रेष्ठलाई ओएस नेपालको तर्फबाट ‘भ्याक्सिन आवाज’ सम्मानबाट सम्मानित गरिएको थियोे भने सोही आवाज युट्युबमा रहेको छ ।

समारोहमा चर्चित संगीतकार सन्तोष श्रेष्ठ, साहित्यकार राजबाबु श्रेष्ठ ‘सागर’, ओएस नेपालका बोर्ड अफ डाइरेक्टर हरि अधिकारी, पत्रकार गीता अधिकारी, गायक दिनेश थानी, गायक संगीतकार चिरञ्जीवी भण्डारी, विनोद श्रेष्ठ, हरिशरण लवजुलगायतले सुरेन्द्र महर्जनको बारेमा बोल्नुभएको थियो । भक्तपुर पत्रकार महासंघका अध्यक्ष पुष्करराज बुढाथोकी ‘साउतेली’ बाट कार्यक्रम सञ्चालन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?